मुख्य समाचार
सुकुम्बासीहरुको लगत सङ्कलन | रुपन्देहीमा प्रहरीको 'स्वीप अपरेशन' तीव्र: दुई दिनमा १८६ जना पक्राउ | काठमाडौंबाट दिल्ली जाँदै गरेको ट्रकमा २,५७० किलो अवैध ओखर बरामद, चालक पक्राउ | सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय | पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा | मोदीवेणीधामबाट कालीगण्डकी संरक्षणको सन्देश | ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक | रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन | न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह | बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन |

परासीमा समुदाय-प्रहरी साझेदारी: एकैदिन १२ स्थानमा सचेतनामूलक कार्यक्रम सम्पन्न

सितमती हरिजन 24+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

परासी । समुदाय र प्रहरीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै शान्तिपूर्ण समाज निर्माण गर्ने लक्ष्यका साथ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा प्रहरीले बृहत् सचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको छ । "एक युनिट: एक कार्यक्रम" को नवीन अवधारणा अन्तर्गत जिल्लाका विभिन्न प्रहरी इकाइहरूले एकैदिन १२ स्थानमा यी कार्यक्रमहरू सम्पन्न गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, यी कार्यक्रमहरू विशेषगरी लागु औषध दुर्व्यसनी, आत्महत्या, साइबर अपराध, जबर्जस्ती करणी र घरेलु हिंसा जस्ता गम्भीर सामाजिक अपराधहरूको न्यूनीकरणमा केन्द्रित थिए । इलाका प्रहरी कार्यालय सुनवल, अमानिगंज, सेमरी तथा प्रहरी चौकीहरू गुठीप्रसौनी, बासा, बैरागनाथ, कुडिया, सनई, नर्सही र अस्थायी प्रहरी पोष्ट भटौलिया तथा केराबारीबाट खटिएका प्रहरी टोलीले स्थानीय जनप्रतिनिधि र नागरिक समाजसँगको सक्रिय सहकार्यमा कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमहरूमा सहभागीहरूलाई विभिन्न सामाजिक अपराधका कारणहरू, त्यसले समाजमा पार्ने असर र कानुनी प्रावधानबारे जानकारी गराइएको थियो । प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक छलफलमार्फत जनचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको थियो ।

सचेतनामूलक कार्यक्रमका अलावा प्रहरीले वडा समिति बैठक, वडास्तरीय विपद् व्यवस्थापनसम्बन्धी छलफल तथा प्रहरीका सहयोगीहरूसँग भेटघाट जस्ता गतिविधि पनि सञ्चालन गरेको थियो । यसै क्रममा, विभिन्न आपराधिक घटनाबाट पीडित बनेका व्यक्ति तथा उनीहरूका परिवारसँग भेट गरी कानुनी सहायता र परामर्शबारे जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमबारे जानकारी दिँदै निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले भने, "यो कार्यक्रमले समाजमा चेतना अभिवृद्धि गरी राष्ट्र निर्माणमा योगदान पुर्‍याउँदै अपराध न्यूनीकरण गर्ने उद्देश्य राखेको छ । प्रहरी र समुदायको संयुक्त प्रयासबाट मात्र सुरक्षित समाजको परिकल्पना साकार हुन सक्छ ।"

नेपाल प्रहरीले राष्ट्रव्यापी रूपमा सञ्चालन गर्दै आएको "समुदाय-प्रहरी साझेदारी" अभियानको मुख्य लक्ष्य नै प्रहरी र समुदायबीचको सम्बन्धलाई बलियो बनाउँदै स्थानीय स्तरबाटै अपराध रोकथाम तथा नियन्त्रणमा सहकार्य प्रवर्द्धन गर्नु हो । नवलपरासीमा सञ्चालित यी कार्यक्रमहरूले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र सामाजिक सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार