मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

Ujyalosandeshonline 12441+ समाचार ( )
३१ भाद्र २०८२, मङ्गलबार

काठमाडौं । उर्जा, जसस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सपना पूरा गर्ने तर्फ सरकारको ध्यान गएको बताएका छन् । मंगलबार पशुपतिमा शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शहिदहरुको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास रहेको भन्दै त्यसलाई साकार पार्न अग्रसर रहेको बताए । 

उनले भने, ‘हाम्रा जेनजी युवा पुस्ताका भाईहरुले सुरु गरेको आन्दोलनले एउटा ठूलो परिवर्तन ल्याएको छ । उहाँहरुले देशको लागि धेरै ठूलो योगदान दिनु भएको छ । उहाँको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास छ । त्यसलाई हामीले साकार पार्नुपर्ने छ । उहाँहरुले उठाउनु भएको विषयलाई आगामी सरकारहरुले पनि लिएर अगाडि बढ्नुपर्ने छ ।

उहाँहरुले धेरै कुरा उठाउनु भएको थिएन् देशमा भ्रष्टाचार हुनुहुदैँन्, सुशासन कायम हुनुपर्छ, देशलाई आत्म निर्भरता तर्फ लानु पर्छ भन्ने जुन आशा थियो यसलाई पूरा गर्न अब हामी अगाडि बढ्नु पर्छ ।’ यस्तै, उनले देशलाई सहि दिशा तर्फ लानको लागि गम्भिर र सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको पनि बताए । आगामि दिनहरु झन् कठिन भएको भन्दै शोकलाई शक्तिमा बदलेर काम गर्नुपर्ने पनि उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार