गुल्मी । गुल्मीमा स्कुटर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षिय बिनोक बिक र ४० वर्षिय किरण कुमार थापा रहेका छ । बिक र थापा दुवै चन्द्रकोट गाउँपालिका–६ का स्थानीय हुन् ।
स्कुटि दुर्घटनामा परेका उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनीमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका गुल्मी प्रहरीले जनाएको छ । चन्द्रकोट गाउँपालिका–७ सिस्नेखोला स्थित मजुवा–रिडि सडक खण्डमा लु १७ प १६४४ को स्कुटर सडक छेउमा पल्टिएर दुर्घटनामा परेको हो । बाटो देखी अन्दाजी २५० मिटर तल सिस्नेखोलामा स्कुटर खसेको थियो । विस्तृत विवरण आउन बाँकी छ ।