मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

गृहमन्त्री अर्यालद्वारा नेपाल प्रहरी प्रधान कार्यालयमा 'एआई सेल' को उद्घाटन

Ujyalosandeshonline 12431+ समाचार ( )
१२ फाल्गुन २०८२, मङ्गलबार

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा ‘आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एड्भान्स्ड एनालिटिक्स सेल’ (AI-AAC) को उद्घाटन गर्नुभएको छ। वर्तमान समयमा बढ्दो साइबर अपराध, गलत तथा मिथ्या सूचना, वित्तीय अपराध र डिजिटल माध्यमबाट हुने सामाजिक अस्थिरतालाई नियन्त्रण गर्न आधुनिक प्रविधिको प्रयोग अनिवार्य रहेको निष्कर्षसहित प्रहरीले यो रणनीतिक तथा उच्च प्रविधियुक्त संरचना स्थापना गरेको हो। उद्घाटनका क्रममा गृहमन्त्री अर्यालले सेलको अवलोकन गर्दै यसबाट सम्पादन हुने काम र उपयोगिताका बारेमा जानकारी लिनुभएको थियो।

कार्यक्रममा गृहसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।यस सेलको मुख्य उद्देश्य जेनेरेटिभ एआई, मेसिन लर्निङ र अटोमेसन जस्ता प्रविधिको प्रयोगमार्फत अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने, पूर्वचेतावनी प्रणाली विकास गर्ने, डिजिटल प्रमाण संकलन गर्ने र साइबर सुरक्षालाई सुदृढ गर्नु रहेको छ।सेल स्थापनासँगै नेपाल प्रहरीले यसको सफल प्रयोग समेत गर्न थालेको छ।

प्रहरीले यसै प्रविधिको मद्दतले गलत तथा मिथ्या सूचना सम्प्रेषण गर्ने ५ वटा घटनामा संलग्न व्यक्तिहरूलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट पक्राउ गरी कानूनी दायरामा ल्याइसकेको छ। यसै सन्दर्भमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले सामाजिक सञ्जालको दुरुपयोग गरी गलत सूचना फैलाउनेलाई कानूनी कारबाही गर्न प्रहरी सदैव सक्रिय रहेको भन्दै आम नागरिकलाई सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहन र कानूनको पालना गर्न आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार