मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रुपन्देहीको मर्चवार क्षेत्रमा तस्करी बढेको नागरिकको गुनासो

Ujyalosandeshonline 12437+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

भैरहवा । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारका विभिन्न नाका हुँदै तस्करी बढेको सीमा क्षेत्रका बासिन्दाले गुनासो गरेका छन । मर्चवारको मुख्य नाका भनेर चिनिने मर्चवारी वडा नम्बर २ कुुर्हवाघाट लगायत रुपन्देहीको विभिन्न सीमावर्ती क्षेत्रबाट निर्वाध समान ओहोरदोहोर भइहदा पनि प्रशासनले चासो नदिएको स्थानीयको गुनासो छ ।

राजस्व चुहावट नियन्त्रणका लागि खटिने सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले समेत यसरी हुने तस्करीमा चासो नदेखाउँदा करोडौं राजस्व गुमिरहेको सीमा क्षेत्रका बासिन्दाको भनाइ छ । भारतबाट आउने माछालाई चेकजाँच गरेर मात्रै नेपाल भित्रिन दिन व्यवस्था गरे पनि सीमा नाका हुँदै निर्वाध भित्रिने गरेको छ । 

भारतबाट कपडा, चिनी, हार्डवेयरका सामान, गाडीका पार्टपुर्जा, खाद्यान्न सामग्रीहरु खुलेयाम तस्करी भइ भैरहवा–बुटवल बजारसम्म पुग्ने गरेका छन् । सीमावर्ती सहर डाली, नौतनवाबाट बिना भन्सारका लाखौं बराबरको अवैध समान दिनहुँ भित्रिरहेको स्थानीयको भनाइ छ । 

त्यस्तै मर्चवारीको हरिनगाढ, ठर्की दुुईमोहान, मन्झरिया, बगौली, कदमहवा, पाण्डेय पिपरहवा, तरैनी, खैराघाट, चन्नी सोनबरसा, बोगडी, खानुवा, दुुरगौलिया ,कराैता ,मुडिला सीमा नाकाबाट ब्रोईलर कुखुरा, चिनी, कपडा, हार्डवेयरका सामान, फेयर एण्ड लब्ली क्रीम, कोलगेट, अखरोट, प्याजहरु खुलेयाम आउने गरेको छ । 

तस्करहरुले रातीको १२ बजेदेखि बिहानको ३ बजेसम्म सामान भित्राउने गरेको सीमा क्षेत्रका बासिन्दाको आरोप छ । यसरी सामान भित्राउदा प्रहरीले भने चासो नदिने गरेकाले मिलेमतोको आशंका गरिएको छ । यता रुपन्देही प्रहरी भने भारतबाट अवैध रुपमा नेपाल भित्रिने सामान बरामद गरी भन्सार कार्यालय पठाउँदै आएको दावी गर्छ । सीमा क्षेत्रमा हुने तस्करीलाई निरुत्साहित गर्न सामान बरामद गरी भन्सार पठाएको र पछिल्लो समय प्राय दैनिकजसो अवैध सामान बरामद गर्दै आएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार