मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

कथा वाचिका देवी प्रतिभा देवघाट महायज्ञका लागि नेपाल आउने

Ujyalosandeshonline 11086+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

काठमाडौँ । चर्चित कथावाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) फेरी नेपाल आउने भएकी छिन् । ‘प्यार से बोलो ना’ थेगोले चर्चा कमाएकी देवी प्रतिभा मकर स्नान माघ महा महोत्सवका अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथा वाचन गर्नका लागि चितवनको देवघाटमा आउन लागेको आयोजकले जनाएको छ ।

यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर धेरैको मन जितेकी २३ वर्षीया प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ ले यस पटक१० दिनका लागि देवघाटमा कथा वाचन गर्नका लागि आउन लागेकी हुन् । मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने ‘देवघाट महा महोत्सव’मा देवी प्रतिभाका अलावा पूज्य ईश्व्रकृष्ण महाराजजी, पूज्य ओम प्रकाश गुरु, पूज्य यशोदा कौडिन्य र पूज्य अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको  आयोजकले जनाएको छ ।

मकर स्नान माघ महामहोत्सवका अवसरमा आश्रम र दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महामहोत्सबबाट उठेको सहयोग रकम निर्माणाधिन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ । माघ महिनाभर चल्ने महोत्सवका अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै विश्वकै नमुना मन्दिर देवघाट दिव्य धाम मन्दिरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ ।

निर्माणाधिन आश्रममा यो मसाचार तयार पार्दासम्म ५ तले ६ वटा भवनका  १४१ कोठा करिब निर्माणको अन्तिम चरणमा रहेका छन् भने अन्य कोठाहरु निर्माणको तयारीमा छन् । ६ वटा भवनमा गरेर कुल ३६५ कोठा बनाउने योजना मातापिता सेवा आश्रमको रहेको छ ।  जहाँ देश विदेशबाट साधुसन्त तथा भक्तजनहरुको ठूलो संख्यामाउपस्थिती रहने आयोजकले जनाएको छ ।

माघ महिनाभर चल्ने यस दिव्यधाम शिलान्यास, ऐतिहाँसिक मकरस्नान माघे मेलालाई सफल पार्न आयोजकले सम्पूर्ण देशबासीहरुमा अपिल गरेको छ । सडकमा अलपत्र परेका बाबु आमालाई सहारा दिँदै आएको मातापिता सेवा आश्रम देशकै ठूलो आश्रमका रुपमा निर्माण हुन लागेको हो । उक्त महामहोत्सबमा आचार्य बालकृष्णजी महाराजको पनि उपस्थिती रहने बताइएको छ ।

कार्यक्रमको व्यबस्थापक भने आचार्य श्रीधर बस्याल रहेका छन् । परिवारविहीन हुँदै सडकमा अलपत्र पर्ने तथा अविभिावकविहीनहरुको घाउमा मल्हम लगाउने उद्देश्यले महामहोत्सको परिकल्पना गरिएको हो । ठूलो क्षेत्रफलमा फैलिएको उक्त आश्रमको निर्माणको काम आर्थिक अभावले अलपत्र पर्ने डर रहेकाले संकल्पकर्ता इश्वरकृष्ण महाराजजीले हिम्मत गरेर माघ महिनाभरी नै कथा वचान देखि विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार