मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

बुटवलमा पाँच दिने मल्टिमिडिया माेबाइल पत्रकारीता कार्यशाला सुरु

सितमती हरिजन 24+ समाचार ( )
११ असार २०८२, बुधवार

बुटवल । सञ्चारिका समूह लुम्बिनीकाे आयोजना तथा बुटवल उपमहानगरपालिकाकाे सहयोगमा  बुटवलमा आजदेखि मल्टिमिडिया माेबाइल पत्रकारीता कार्यशाला सुरु भएको छ । कार्यशालाकाे बुधबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले नगरवासीहरूलाई सीपसँग जाेडेर स्वराेजगार बनाउदै आत्मनिर्भर बनाउने योजना अनुरूप विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आएको बताए ।

जनताको नजिकको सरकार भनेको स्थानीय तह भएकोले बुटवल उपमहानगरपालिकाले विभिन्न पेसागत तथा ब्यवसायीक संघ संस्थाहरूसँगकाे सहकार्यमा विभिन्न किसिमका सीपमूलक तालिम एवं क्षमता अभिबृद्वि कार्यक्रमलाई प्राथमिकता दिएको उनलेे बताए ।

सुचना तथा संचार प्रविधिकाे क्षेत्रमा भइरहेको तिब्र विकाससँगै पत्रकारहरूले पनि समयानुकूल र प्रविधिमा आधारित पत्रकारिता गर्नुपर्नेमा जाेड दिदै नगर प्रमुख पाण्डेयले पत्रकारहरूकाे क्षमता अभिबृद्विका लागि बुटवल उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरे ।

सञ्चारिका समूह लुम्बिनी अध्यक्ष अमृता अनमाेलले सुचना प्रविधिको क्षेत्रमा भइरहेकाे नविनतम प्रविधि अनुरूप पत्रकारहरू पनि अभ्यस्त हुन जरुरी रहेको भन्दै नविनतम प्रविधिकाे प्रयोग मार्फत आफ्नो क्षमता अभिबृद्वि गराउने उदेश्यले कार्यशाला आयोजना गरिएको बताइन् ।

१८ जना पत्रकारहरूकाे सहभागीता रहेको कार्यशालाकाे पहिलो दिन आज चर्चित फाेटाे पत्रकार मनाेज पाैडेलले अभिमुखिकरण गरेको सञ्चारिका समुह लुम्बिनी महासचिव माया केसीले जानकारी दिइन् ।कार्यशाला पाँच दिनसम्म चल्ने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार