मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अर्थमन्त्रीले गरे सञ्चय कोषको प्रशंसा, विश्वास कायम राख्न सुझाव

Ujyalosandeshonline 12431+ समाचार ( )
२५ भाद्र २०८१, मङ्गलबार

काठमाडौं । उपप्रधान एवं  अर्थमन्त्री बिष्णु पौडेलले राम्रो काम गर्नको लागि कुनै पनि निकायलाई सीमा नतोकिएको बताएका छन् । मंगलबार ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले कर्मचारी सञ्चय कोषको अवस्था सहि ढंगले चलेको उल्लेख गर्दै कोषप्रति सञ्चयकर्ताले राखेको विश्वास कायम राख्न आग्रह गरे । 

उनले भने, ‘कर्मचारी सञ्चय कोषको अवस्था ठिकै ढंगले चलेको जानकारी पाए । राम्रो काम गर्नका लागि कुनै पनि सीमा तोकिएको छैन । तपाईहरुले कति धेरै काम गरेपछि चित्त बुझाउँनुहुन्छ । त्यसकारण राम्रो गर्नुभएको छ, राम्रो गर्नुस् । सञ्चयकर्ताहरुले यो संस्थामाथि भरोसा गरेको छ । संस्थाको सबैभन्दा ठुलो भरोसा भनेको पनि सञ्चयकर्ता हो । उनीहरुको विश्वास संस्थाप्रति सवल हुँदै जानेगरी संस्थाले काम गर्नुपर्छ ।’कोषमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै जनशक्तिको आवश्यक सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो । 

उनले भने, ‘संस्थाले नयाँ नयाँ प्रविधिमा जानुपर्छ । त्यस्तैगरी कुन जनशक्ति कुन कामका लागि, कसरी परिचालन गर्नेबारेमा ध्यान दिनुहोला । धेरैभन्दा धेरै सञ्चयकर्ताहरुको बीचमा पुग्नको लागि यथेष्ट ठाउँ रहेकाले यसको सदुपयोग गर्न जरुरी छ । यससम्बन्धी कानून संशोसन, नियमावलीका कुरामा तपाईका आग्रहका आधारमा म कानून र नियमावली बनाएर पठाइदिन्छु भन्ने नठान्नुहोला । मसँग सयौं कामहरु छन् । यसका लागि तपाई आफैंले फाइल बोकेर जान सक्नुपर्यो । छलफल र मिटिङ गर्नुपर्यो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार