मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |
मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |


चन्दाले चलेको ‘ङग्युर मेमोरियल स्कूल’ : जसले हजारौं विपन्नहरुको जीवन बदल्यो

Ujyalosandeshonline 11013+ समाचार ( )
२० असार २०८२, शुक्रबार

रस्मिता गिरी 

काठमाडौं । मानिस मरेर गएपनि उनका कामहरु सँधै अमर रहोस् भन्ने उखानका एक उदाहरणीय व्यक्ति बनेका छन् गोर्खा चुननुब्री गाँउपालिकाका खेम रिन्पोछे टाँसी छिरिङ्ग । हिमाली भेगमा जन्मिएका उनले आफ्नो गाउँठाउँमा पढ्नकै लागि गरेको दुःख र संघर्षहरु आफ्नै आँखाले देखे र भोगे ।

शिक्षाका लागि आम नेपालीहरुले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै टाँसी छिरिङ्गले २०१३ मा ‘ङग्युर मेमोरियल स्कूल’ नामक विद्यालय स्थापन गरेका थिए । सानै उमेरदेखि पढाइमा औधि रुचि राख्ने उनी समाजसेवामा पनि उत्तिकै सक्रिय थिए । तर उनको यस्तो लोभलाग्दो सक्रियता लामो समय रहन सकेन् । ०७८ तिर विश्वभर फैलिएको कोरोनाका कारण उनले सँधैका लागि आँखा चिम्ले । उनले संसार छाडेपनि उनकै परिकल्पना र मेहेनतका साथ स्थापना भएको ङग्युर मेमोरियल स्कुलले अहिलेपनि उत्तिकै तारिफ कमाइरहेको छ । 

हिमाली भेगका कोहीपनि बालबच्चा पढाइबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले साथ उनले ङग्युर जस्तै अरुपनि विद्यालय संचालन गरिरहेका छन् । त्यसमध्य उदाहरणीय बनेको काठमाडौंको चन्द्रागिरी नगरपालिकाको ङग्युर मेमोरियल स्कुलले आर्थिक अवस्था कमजोर भएका, गरिब वा विपन्न साथै अभिभावक नभएकाहरु सात सय बढी विद्यार्थीहरुलाई आवाससहितको शिक्षादिक्षा प्रदान गरिरहेको छ ।

विभिन्न मनकारी व्यक्ति र संस्थाहरुको सहयोगमा विद्यालयले विद्यार्थीहरुलाई खाने बस्ने व्यवस्थासहित लत्ताकपडाको समेत व्यवस्था गरिरहेको विद्यालयका महासचिव अथवा लुम्बिनी विकास कोषका उपाध्यक्ष खेन्पो छिमे छिरिङ डा.ल्यारकयाल लामाले जानकारी दिए । 

गरिबी र विपन्नताका कारण शिक्षाको उज्यालोबाट बन्चित भएका विद्यार्थीहरुलाई नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सन्चालन गर्नेगरि विद्यालयको स्थापना गरिएको पनि उनले बताए । ‘पछिल्ला बर्षमा यस विद्यालयमा बार्षिक ६० देखि ७० जना भन्दा बढी विद्यार्थीको भर्ना हुनेगर्छ । यहाँ अध्ययन गरिरहेका सातसय भन्दा बढी विद्यार्थीमध्ये धेरैजसो बुबाआमा नभएका विद्यार्थी छन् । लगभग ४० जिल्लाका विद्यार्थीले पढ्न पाइरहेका छन्,’ उनले भने ।

गरिब वा विपन्न परिवारका व्यक्तिहरुले राम्रो शिक्षा दिन नसक्ने साथै नजिकै सरकारी विद्यालय नभएकाहरुलाई विशेष प्राथमिकता दिने गरेको पनि उनले सुनाए । ‘हुनत हामीले हिमाली मात्र नभई मधेसी, जनजाति तथा पहाडी भेगका गरिब विपन्न वर्गका पनि विद्यार्थीहरुलाई ल्याएर पनि पढाइरहेका छौं । जे होस गरिवि र अभावले कोहीपनि विद्यालय जानबाट बन्चित नहोस भनेर यस्तो प्रयास गरेका हौं,’ महासचिव लामाले भने । मनकारी केही विदेश र स्वदेशका मानिसले दिएका चन्दाबाट विद्यालय चलाइरहेको भएपनि सरकारले कुनै सहयोग नगरेको महासचिव लामाले बताए ।

‘हाम्रो मुल उद्देश्य भनेको नै गरिब वा विपन्न परिवारका व्यक्तिहरुलाई राम्रो शिक्षा दिन नसक्ने, सरकारी स्कुल नभएका गाँउका बच्चाहरुलाई अलि बढी प्राथमिकता दिने गरेका छौँ ।  हिमाली भेगकालाई मनिसलाई अलि बढी प्रथामिकता त दिइ नै रहेका छौँ । तर मधेसी, जनजाति तथा पहाडी भेगका गरिब वा विपन्न वर्गका विद्यार्थीहरुलाई ल्याएर पढाई रहेका छौं । गरिब एवम विपन्न वर्गका कुनैपनि मानिसहरु शिक्षाबाट बन्चित नहोस् भन्ने उद्देश्यले नै विद्यालय संचालनमा ल्याइएको हो,’ लामाले भने ।

‘देश भित्रबाट वा बाहिरबाट शिक्षामा चासो देखाउनेहरुले माया गरेर जम्मा भएको चन्दाले विद्यार्थीहरुका लागि खानेबस्ने, किताबदेखि लगाउने कपडासम्म सुविधा दिने गरेका छौं । मुख्य आयस्रोत भनेकै चन्दा हो । विदेशमा गएर मैले पनि प्रवचन दिने गरेको छु, मैंले लेखेका किताबबाट पनि रकम संकलन हुन्छ । तर सरकारलाई धेरैपटक निवेदन दिँदापनि वेवास्ता गर्यो,’ लामाले दुखेसो गरे । निशुल्क शिक्षा दिने उद्देश्यले खोलिएको संस्थाप्रति राज्यको दृष्टिकोण सकारात्मक नरहेको उनले बताए । 

‘यो पैसा कमाउने संस्था होइन् । फ्रि एजुकेशन दिने एउटा विद्यालय हो । धेरै गुरुहरुलाई फ्रिमै किताब दिनुहोला भनेर निवेदन दिएका थियौँ तर सहयोग मिलेन् । नजिकका पालिकाहरुसँग समन्वय गर्न खोजेका थियौँ कतैबाट पनि सहयोग भएन । स्थानीय तहसँग केही अपेक्षा गरेको छैन तर केन्द्र र प्रदेशबाट धेरै पहल गर्दा उपलब्धि भएको छैन्,’ उनले भने । 

खेम रिन्पोछे टाँसी छिरिङ्ग नभएपनि उनले सकरात्मक भावनाकासाथ स्थापना गरेको विद्यालयको सेवालाई थप प्रभावकारी बनाउनेमा आफूहरु कटिबद्ध रहेको सुनाए । सोही विद्यालयमा अध्ययनरत कर्म मन्तेल लामा अहिले कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् । उनी १० बर्षदेखि विद्यालयमा अध्ययन गर्दै आएका छन् । ‘यो विद्यालयले मलाई जीवन दिएको छ । विद्यालय हाम्रो लागि मन्दिर हो । यहाँ पढाउने सबै शिक्षकहरु भगवान हुनजस्तो लाग्छ ,’ उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार