मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |


दलीय रुपमा विभाजित भएकाहरुलाई गौरा पर्वले सांस्कृतिक एकता गराउँछ

Ujyalosandeshonline 11474+ समाचार ( )
हरि प्रसाद अवस्थी अध्यक्ष प्रसंशा संरक्षण समूह
१० भाद्र २०८१, सोमबार

गौरा सांस्कृतिक एकताको पर्व हो । राजनीतिक रुपमा तछाडमछाड गरिरहेकाहरु वा दलका नेताहरुले समेत काठमाडौंको टुँडिखेलमा आएर एकताको सन्देश दिने गर्छन् । अरु जे भएपनि सांस्कृतिक एकता आवश्यक छ भन्ने सन्देश दिन्छन् । देशलाई जोगाउने नै संस्कृति भएकाले यसको संरक्षण आवश्यक छ ।

सुदूरपश्चिमेलीहरुको दशैं तिहारभन्दा विषेश पर्व ‘गौरा’ शनिबारबाट सुरु भएको छ । धार्मिक, सांस्कृतिक , सामाजिक एवम लोकप्रिय पर्व गौरा सुदूरपश्चिमका हिन्दु समुदायको महत्वपूर्ण एवम् प्रमुख चाड हो । 

विशेषतः गौरी र महेश्वर (पार्वती र शिव)को पूजा अर्चना गरिने पर्व प्रत्येक वर्ष भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइन्छ । शुक्ल पक्षमा मनाइने गौरालाई ‘उजेली गोरा’ अर्थात उज्यालो गौरा र कृष्णपक्षमा मनाइने गौरालाई ‘अनारी गौरा’ अर्थात अँध्यारो गौरा भनिन्छ । 

शनिबार बिरुडा पञ्चमीमा गौरा हुने घरमा पञ्चअन्न धोएर पर्वको औपचारिक शुभारम्भ भएको छ । विवाहित महिलाहरुले बिरुडा (गत, मास, गुराँस,केराउ,गँहु) भिजाएर गौरा पर्वको सुरुआत गरेका छन् । 

पर्वमा दुबोको पनि पूजा गरिने भएकाले कहीँ कहीँ दुर्वाष्टमी पनि भन्ने गरेको पाइन्छ । गौरा पर्व पश्चातमात्र यस क्षेत्रमा वर्षका अन्य चाडवाडहरु सुरुवात हुने गर्दछन् । गौराका धार्मिक अनुष्ठान र गोरामा गाइने गीत, नृत्यहरुमा यहाँको लोकजीवन, वातावरणीय परिवेशसँग समेत सम्बधित छन् । 

केहीले भदौ ७ गते र केहीले भदौ १० गते गौरा मनाएको समेत पाइएको छ । गौरा पर्व कहिले मनाउने विवाद गरिरहनु उपयुक्त नभएपनि ठाउँअनुसार अक्षांश र देशान्तरको हिसाबले फरक फरक मितिमा गौरा पर्व मनाउने गरिन्छ । तर गौराष्टमीकै दिन हो मुख्यः गौरा मनाइँने । तिथि हेर्ने ज्यातिषहरुले द्धविधामा पार्ने भएका कारण पनि मिति तलमाथि हुनसक्छ ।

गौरा पर्वमा पुरुषहरुको तुलनामा महिलाहरुको भूमिका अझ महत्वपुर्ण हुने गरेको छ । पुरुषहरु सहयोगिको रुपमा मात्र रहन्छन् । बिरुडा, भिजाउने, धुनेदेखि धार्मिक क्रियाकलापसँगै काम गर्नुहुन्छ । गौरा उपास्ने नयाँ विवाहित महिलाहरुले पतिको आयु र पुत्रपुत्रि लागको आर्शिवाद ग्रहणमा समेत महिलाहरुकै सहभागिता हुन्छ । 

गौरा र देउडा संस्कृतिको सम्बन्ध 

गौरा पर्व एउटा धार्मिक अनुष्ठान हो । गौरा धार्मिक र सांस्कृतिक पर्व हो । गौरा पर्वमा खेलिने÷गरिने सांस्कृतिक कार्यक्रमअन्तर्गत देउडा पनि पर्छ । देउडा गौरा पर्वको बेला मात्र खेलिन्न । तर, सुदूरपश्चिममा हुने विभिन्न जात्रा र मेलाहरुमा समेत देउडा खेल्ने चलन छ । दशैंपछि सुदूरपश्चिममा जात्राको मौसम सुुरु हुन्छ । देउडा र गौराको पारस्परिक सम्बन्ध नै नभएको होइन तर त्यसभन्दा माथि धुमारी, ढुस्को, खाडो खेललगायतका गीतहरु पारस्परिक छन् । खाडो खेलमा भगवानकै गाथा गाइने गरिन्छ । कृष्ण चरित्र, रामायणलाई त्यहाँको आफ्नै ठेक भाषा र शब्दमा प्रस्तुत गरिने भएकाले संस्कृति र गौरा पर्वको सम्बन्ध समेत उत्तिकै महत्वपुर्ण छ । देउडा मनोरञ्जन गर्ने एउटा र राजनीतिक व्यंग गर्ने अर्को माध्यम पनि हो । 

गौरा पर्व शहरीया मनोरञ्जनमा सिमित हुन थालेको हो ? 

गौरापर्वको आकर्षण घटेको अथवा शहरीया मनोरञ्जनमा सिमित भएको भन्न नमिल्ला । बसाईसराई गरेर शहर पसेका परिवारहरुमा बिरुडा र गौरा भित्र्याउने काम बाहेक अन्य काममा त पुरुषहरु पनि त त्यतिक्कै सहभागी हुन्थे । गाउँबाट शहर सर्ने धेरैभएका कारण गाउँमा गौरा मनाउने मान्छे घटेपनि गौराप्रतिको आकर्षण घटेको भन्न मिल्दैन ।

केही हदसम्म आकर्षण घटेको भन्ने पनि सत्य जस्तै देखिन थालेको छ । रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारत तथा तेस्रो मुलुकमा रहेका सुदूरपश्चिमबासीहरु गौरा पर्वकै लागि घर फर्किने गरेको भएपनि अहिले त्यस्तो देखिदैन । अनि छोराछोरीलाई सानैमा गुणस्तरीय शिक्षा प्रदान गर्न शहर पठाएका नयाँ पुस्तामा समेत त्यस्तो चिन्ता पाइँदैन ।

चिन्तित विषय भएपनि गौरा मनाउने विधि विधान कुनै आकर्षण घटेको छैन । म अध्यक्ष रहेको संस्थाले विगत दुई दशकदेखि राजधानी काठमाडौंमा गौरा पर्व मनाइँरहँदा सम्पुर्ण विधि र विधानको आधारमा गर्ने गरेका छ ।

प्रसंशा संरक्षण समूह सुदूरपश्चिमबासीहरुबाटै स्थापित संस्था हो । यस वर्ष राजधानीमा २७औँ वर्षको गौरा पर्व मनाउँदै आएको छ । संस्थामा हाम्रै सुदूरपश्चिमका दाजुभाई दिदीबहिनीहरु छन् । हाम्रो समूहअन्तर्गत चारवटा समाज रहेका छन् । संस्थाले विषेशगरी राजधानी काठमाडौं हुने गौरा पर्वलाई स्थानीय रितिरिवाज र परम्पराअनुसार मनाउनका लागि आवश्यक पहल, समन्यव र स्रोत व्यवस्थापनमा समन्वय समेत गरिराखेको छ ।

यसले गौरा पर्व शहरीया मनोरञ्जनमा सिमित हुनुहँुदैन भन्ने कुरामा बल पुर्याउँछ । गौरापर्व सांस्कृतिक एकताको पर्व हो । राजनीतिक रुपमा तछाडमछाड गरिरहेकाहरुलाई वा दलका नेताहरुले समेत काठमाडौंको टुँडिखेलमा आएर एकताको सन्देश दिने गर्छन् । अरु जे भएपनि सांस्कृतिक एकता आवश्यक छ भन्ने सन्देश दिन्छ । देशलाई जोगाउने नै संस्कृति भएकाले यसको संरक्षण आवश्यक छ । 

पुरानो पुस्ताले गौरा पर्वको महत्व, महिमा र गरिमा यस्तो हुन्छ भनेर नयाँ पुस्तालाई भन्न चुकेका कारण यसको मौलिकता हराउन थालेको छ ।  मौलिक परम्परा र संस्कृति जगेर्नातर्फ सबै लाग्न जरुरी छ । 

संस्कृति संरक्षण र पूर्वीया संस्कृतिको प्रभाव 

संस्कृतिको संरक्षरण चिन्तनशिल हुन जरुरी छ । हाम्रो संस्कृतिलाई मास्नका लागि समेत समय समयमा विभिन्न आक्रमणहरु भएका छन् । अहिले आफ्नो देशको संस्कृति संरक्षण सबै देशको चिन्ताको विषय हो । अन्य मुलुकको संस्कृति लाद्न खोज्दा देश ठूलो समस्यामा पर्नसक्छ । संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि सबैबाट प्रयास हुनुपर्दछ ।

कुनै पनि देश वा समूदायको संस्कृतिको जगेर्ना गर्न मनाइने पर्वहरुमा समेत भर पर्ने गर्दछ । यसका लागि संस्कृति र सांस्कृतिक चाडहरुको पुस्तान्तरण आवश्यक छ । हामीले आउने पुस्तालाई पुस्तान्तरण गर्न सकिएन भने कुनैपनि समयमा समस्या आउनेतर्फ हामी सचेत हुनुपर्दछ । 


-नेपाल न्युज बैंकसँगको कुराकानीमा आधारित


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार