भैरहवामा सामीको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

Ujyalosandeshonline 11115+ समाचार ( )
११ मंगशिर २०८२, बिहीबार

भैरहवा । सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत भैरहवामा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सुरु भएको छ। "स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सुचना लिएर सीप सिकेर मात्र जाऔं" भन्ने मूल नाराका साथ सिद्धार्थनगर नगरपालिका वडा नं. ७ मा उक्त कक्षा सञ्चालन गरिएको हो ।

कक्षाको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख एवं पूर्व संविधानसभा सदस्य इश्तियाक अहमद खानले वैदेशिक रोजगारीमा जाँदा सही सूचना लिनु नै ठगीबाट बच्ने सबैभन्दा सजिलो उपाय भएको बताउनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख खानले स्वदेशमै उद्यम र रोजगारी गर्न चाहने युवाहरूका लागि नगर सरकारले विभिन्न स्वरोजगारमूलक तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले युवाहरूलाई नगरपालिकाद्धारा सञ्चालित त्यस्ता तालिममा सहभागी भई लाभ लिन समेत आग्रह गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार