मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्रहरी महानिरीक्षक खापुङको पहिलो निर्णय: प्रहरी कर्मचारीका लागि किरियापुत्री भवन निर्माण गरिने

Ujyalosandeshonline 12437+ समाचार ( )
२० भाद्र २०८२, शुक्रबार

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले आफ्नो पदावधिको पहिलो निर्णयका रूपमा बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित गरी किरियापुत्री भवन निर्माण गर्ने महत्त्वपूर्ण घोषणा गरेका छन्। यो निर्णयले प्रहरी परिवारमा निधन हुँदा गरिने आशौच बार्ने संस्कारका लागि आवश्यक पर्ने स्थानको अभावलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएअनुसार, उक्त किरियापुत्री भवन काठमाडौं महानगर वडा नं. ३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजको नाममा रहेको जग्गामा निर्माण गरिनेछ। यस पहलले प्रहरी सेवामा जीवन समर्पित गर्ने र गरिरहेका दुवै वर्गका कर्मचारी तथा उनीहरूका परिवारलाई ठूलो राहत मिल्ने देखिन्छ।

आईजीपी खापुङको यो निर्णयलाई प्रहरी कल्याणकारी कार्यहरूमा विशेष जोड दिएको रूपमा हेरिएको छ। यस्ता भौतिक पूर्वाधारको निर्माणले कर्मचारीहरूको मनोबल उच्च राख्न र उनीहरूलाई सामाजिक तथा सांस्कृतिक दायित्व पूरा गर्न सहज वातावरण प्रदान गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। यो भवन निर्माणपछि प्रहरी कर्मचारीहरूले आफ्ना दिवङ्गत परिवारजनको किरियाकर्म सहज र व्यवस्थित रूपमा सम्पन्न गर्न सक्नेछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार