मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छः सभापति थापा

Ujyalosandeshonline 12441+ समाचार ( )
९ वैशाख २०८३, बुधवार

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस कोशी प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीमा सभापति थापाले युवालाई पार्टी, इतिहास, विगतमा गरेका कार्य, सुशासन कायम राख्न गरेका कार्य र मुलुकको विकासमा यसको योगदानका विषयमा जानकारी दिनु आवश्यक रहेको बताउनुभयो ।

सभापति थापाले गत निर्वाचनमा पार्टीको घटेको १० लाख मतका सम्बन्धमा आवश्यक चिन्तन गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो । उहाँले स्थानीय र प्रदेशमा अहिले पनि धेरै स्थानमा कांग्रेसको सरकार रहेकाले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनहितको पक्षमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसलाई स्मार्ट बनाउन क्रियाशील सदस्यहरुको नवीकरण अद्यावधिक गर्न लागेको उल्लेख गर्दै सभापति थापाले पार्टीका ज्येष्ठ सदस्यको सदस्यता ऐतिहासिक भएकाले यसलाई डिजिटल गरी सुरक्षित गरिने प्रष्ट पार्नुभयो । उहाँले आगामी १५औँ महाधिवेशनमा सबैलाई सहभागी गराउने जिम्मेवारी आफ्नो रहेको भन्दै रिसाएका १० लाख मतदातालाई पार्टीमा फर्काइने बताउनुभयो । उहाँले पार्टीमा चार पुस्तालाईसँगै मिलाएर सङ्गठन मजबुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टी उपसभापति पुष्पा भुसालले हालै सम्पन्न निर्वाचनको परिणामबाट निराश नहुन कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले सङ्गठनलाई सुदृढ बनाई पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टी महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो एवं सुदृढ बनाउन क्रियाशील सदस्यहरुले पार्टीको नीतिका विषयमा घरघरमा जनतालाई जानकारी दिनु जरुरी रहेको बताउनुभयो । पार्टीमा उत्साह र नयाँ जीवन ल्याउन वडास्तरीय सदस्य डिजिटल अद्यावधिक गर्न लागिएको उहाँले जानकारी दिनुभयो । अर्का महामन्त्री गुरुराज घिमिरेले पार्टीलाई पुर्नजीवन दिन वडास्तरदेखि केन्द्रसम्म  अद्यावधिक गर्न लागिएको बताउनुभयो । स्थानीय सरकारले गरेको लोकप्रिय कार्यको प्रचार प्रसार नहुनु पनि निर्वाचनको पराजयको एउटा कारण भएको उहाँको भनाइ थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार