मुख्य समाचार
छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण | सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध | बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित |

मधेश प्रदेशमा भण्डाफोर अभियान सुरु गर्ने रास्वपाको घोषणा

Ujyalosandeshonline 11084+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सातादेखि मधेशमा भण्डाफोर अभियान सुरु गर्ने घोषणा गरेको छ ।मधेशको मौजूदा व्यवस्थाका अस्वीकृत पक्षलाई उजागर गर्न र सरकारको कुशासन तथा भ्रष्टाचारका दुष्प्रभावलाई जनताको बीचमा ल्याउने उद्देश्यका साथ पार्टीले अभियान सुरु गर्न लागेको जनाएको छ ।

जनकपुरधाममा पत्रकार सम्मलेनमार्फत रास्वपा मधेश प्रदेश सभापति इन्जिनियर तपेश्वर यादवले पार्टीको उद्देश्य र आगामी योजनाबारे विस्तृत रूपमा जानकारी दिएका छन् ।

उनले भने, ‘हामी व्यवस्थाविरुद्धको भण्डाफोर अभियानलाई मधेश प्रदेशका प्रत्येक पालिकाबाट सुरु गर्नेछौं । यो अभियानले सरकारको कुशासन र भ्रष्टाचारका दुष्परिणामहरूको पर्दाफास गर्नेछ ।’यादवका अनुसार यो अभियान मधेशका आठवटै जिल्लामा विशेष प्रभावकारी ढंगले सञ्चालन गरिनेछ ।

‘हामी हरेक जिल्ला र गाउँमा जनचेतना फैलाउने र जनतालाई जागरुक बनाउने काममा लाग्नेछौं । यस अभियानका माध्यमबाट जनतालाई केवल सरकारका गलत क्रियाकलापका बारेमा मात्र जानकारी दिने होइन, उनीहरूको अधिकारको रक्षाका लागि आवाज उठाउन पनि प्रेरित गर्नेछौं,’ उनले थपे ।

यस अभियानसँगै रास्वपाले देशभरको युवा शक्ति र जन जागरण अभियानलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ । इन्जिनियर यादवले पार्टीले युवालाई राजनीतिक, सामाजिक र नागरिक अधिकारका बारेमा शिक्षित गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताए ।

‘हामी यो आन्दोलनलाई केवल राजनीतिक प्रतिरोधको रूपमा होइन, एक सामाजिक जागरणको अवसरको रूपमा लिन्छौं । हाम्रो उद्देश्य जनतामा चेतना ल्याउनु हो,’ यादवले भने । त्यस्तै उनले पार्टी सभापति रवि लामिछानेमाथि गरिएको धडपकडप्रति आक्रोस व्यक्त गरेका छन् ।

‘राजनीतिक प्रतिशोधका आधारमा हाम्रो सभापति रवि लामिछाने लाई निशाना बनाइएको छ । सरकारका गलत कदमको विरोध जनाउन हामीले यो अभियानलाई अझ व्यापक बनाउने छौं । यो केवल रास्वपाको विरोध होइन, सम्पूर्ण लोकतान्त्रिक व्यवस्था र जनताको अधिकारको रक्षा गर्ने अभियान हो,’ यादवले स्पष्ट पारे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार