मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

शितगंगा नगरपालिकाले सहकारी मार्फत कृषि उत्पादनमा जोड दिने

अनिल नेपाली 141+ समाचार ( )
६ असार २०८२, शुक्रबार

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले सहकारी मार्फत कृषि उत्पादनमा जोड दिने भएको छ । नगरपालिकाले कृषि तथा पशुपन्छीमा लगाउँदै आएको कर खारेज गरी किसानलाई राहत दिने गरी नीति तथा कार्यक्रम कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले शिक्षा क्षेत्रलाई पनि मुख्य प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले जानकारी दिए ।

गत वर्ष नगरसभामा शितगंगा नगरपालिकाका  छबिलाल पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएका थिए ।

शितगंगा नगरपालिकालाई स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बस्नयोग्य हरियाली सहर बनाउने  मुख्य उद्देश्यसहित नीति तथा कार्यक्रममा नगरपालिकाले योजना बनाएर लागेको नगरपालिकाका प्रमुख छबिलाल पौडेलले नगरसभामा प्रतिबद्धता व्यक्त गरेका थिए ।

नीति तथा कार्यक्रममार्फत  शितगंगाले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, उद्योग, व्यापार जस्ता क्षेत्रको समुन्नतिमा जोड दिने मूल रणनीतिको रुपमा अगाडि सारेको छ ।

आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने गरी अहिले काम भैरहेको नगरप्रमुख छबिलाल पौडेल जानकारी दिए ।

उनका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिँदै पशुपन्छीमा लगाउँदै आएको निकासी कर हटाउने निर्णयलाई प्राथमिकतामा राखिएको छ ।

उनले शितगंगालाई शिक्षा,स्वास्थ्यमा अब्बल नगरपालिका  बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त अवसर सिर्जना हुने गरी बजेट निर्माण गर्ने बताए ।  शितगंगालाई समृद्ध बनाउनका लागि शितगंगा नगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नहुने नगरउपप्रमुख गिता भाटले बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार