मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रूपन्देही सुपरलिगः तिरुपतिद्वारा तिलोत्तमा ६ विकेटले पराजित

Ujyalosandeshonline 11005+ समाचार ( )
१५ माघ २०८१, मङ्गलबार

भैरहवा । इन्द्रजित यादवलको शानदार बलिङ र तुलबहादुर थापाको अविजित अर्धशतकका मद्दतमा भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा तिरुपति क्रिकेट क्लबले सहज जित हात पारेको छ । तिरुपतिले तिलोत्तमा क्रिकेट एकेडेमीमाथि ६ विकेटको जित निकालेको हो ।

जितका लागि तिलोत्तमाले दिएको १ सय ४४ रनको लक्ष्य तिरुपतिले २५ ओभर ३ बलमा ४ विकेटको नोक्सानीमा १ सय ४५ रन बनाउँदै सहजै पूरा गर्यो । उसको जितमा तुलबहादुर थापाले ३९ बलमा ४ चौका र ६ छक्काको मद्दतमा नटआउट ६१ रन बनाए । यस्तै, बसिर अहम्मदले ४७ र सन्दीप मौर्यले २२ रन बनाए । बलिङमा तिलोत्तमाका सागर भण्डारी र आशुतोष पाण्डेले समान १–१ विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित ३२ ओभरमा ३१ ओभर २ बल खेल्दै अलआउट भई १ सय ४३ रन बनायो । उसका लागि सन्दीप यादवले ५९, कृष्ण कार्कीले ३५ र रोशन घिमिरेले १६ रन बनाए । तिरुपतिका इन्द्रजित यादवले ५ ओभर २ बल बलिङ गर्दै २१ रन खर्चिएर ६ विकेट लिए । यस्तै, बसिर अहम्मदले २ र तुलबहादुर थापाले १ विकेट हात पारे । खेलमा इन्द्रजित यादव प्यलेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार