मुख्य समाचार
‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग | रास्वपा केन्द्रीय समितिको बैठक बस्दै | गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो |
मुख्य समाचार
‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग | रास्वपा केन्द्रीय समितिको बैठक बस्दै | गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो |


कांग्रेसको २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 11024+ समाचार ( )
२० फाल्गुन २०८१, मङ्गलबार

भैरहवा । नेपाली कांग्रेले देशभरि रहेका प्रतिनिधिसभा क्षेत्रिय सभापति तथा क्षेत्रिय प्रशिक्षण शाखा प्रमुखहरुलाई भैरहवामा २ दिने प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गरेको छ । केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा देशैभरिका प्रतिनिधिसभा अन्र्तगतका १३० जना क्षेत्रिय सभापति सोही संख्यामा क्षेत्रिय प्रशिक्षण शाखा प्रमुखहरु तथा एक वटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेश सभा अन्र्तगतका क्षेत्रिय सभापति ७० जना गरि जम्मा ३३० जनाको सहभागीता रहेको थियो । 

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्षेत्रिय कार्यसमितिहरुको काम कर्तव्य र अधिकार सहित पार्टीका संरचनन बारे सहजीकरण गरेका थिए । अर्का महामन्त्री विश्व प्रकाश शर्माले संगठन र समुन्नतीका लागि समय, संयम, सम्प्रेषण र सहकार्य तथा डा जगदीश चन्द्र पोखरेलले लोकतान्त्रिक समाजवादः नेपाली कांग्रेसको आर्थिक निति र अभ्यासको बिषयमा सहजीकरण गरेका थिए । 

दुई दिने प्रशिक्षण कार्यक्रमले भने क्षेत्रिय प्रतिनिधिहरुमा नया उर्जाको सञ्चार गरेको सहभागीहरुले प्रतिक्रिया दिएका छन्  । उदयपूरका केस बहादुर मगरले प्रशिक्षण कार्यक्रमले आफुहरुलाई बल्ल नेता बनाएको प्रतिक्रिया दिए । “देशको नेता बन्न पहिला आफुबाट सुध्रिनु पर्छ, आफु जुन पार्टीमा उभिएको छ सबै भनदा पहिला त्यसको निति र बिधि मानेर आफु अनुशासित भएर हिडियो भने मात्र अनुकरणिय हुन्छ ।” मगरले भने “कार्यक्रमले हाम्रो ईच्छाशक्ति बढाएको छ, यसले हाम्रो जिल्ला र क्षेत्रमा गएर पार्टीका निति र विधान अनुसार आफु संयमित भएर फेरी उठ्न सक्छौ भन्ने विश्वास जागेको छ ।”

यस्तै नुवाकोट क्षेत्र नम्बर १ का रामजी पौडेलले २ दिने कार्यक्रम अत्यन्तै उपलब्धिमूलक भएको प्रतिक्रिया दिए । “पार्टी सञ्चालनको सम्बन्धमा हामीले गर्नुपर्ने दैनिक काम देखि लिएर नया आएको परिस्थिति, प्रविधिको प्रयोग देखि लिएर राष्ट्रिय राजनितिक मुद्दाहरुलाई जनस्तरका कसरी लैजान सक्छौं भन्ने सिकाई भएको छ ।” उनले भने “र पार्टी संयन्त्रलाई त्यसमा कसरी व्यस्थित रुपमा परिचालित गर्न सक्छौं भन्ने कुराहर गहन रुपमा छलफल भएको छ ।”

दुई दिने प्रशिक्षण कार्यक्रममा पार्टी संग जोडिएका बिषयहरु, पार्टीका महत्वपूर्ण कामहरु, २०४६ साल पछि नेपाली कांग्रेस सरकारमा हुदा गरेका नितिगत सुधारका कामहरु, मुलुकको संविधान, संघियताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशिल सदस्यताको अभियान, पार्टी संगठनसंग जोडिएका विषयहरु र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुदै निर्वाचन क्षेत्रहरुसंग जोडिएका अन्र्तसम्वन्धका विषयहरुको बारे प्रस्तुती रहेको थियो । 

समसामायीक विषय वस्तुहरुसंग जोडिएका गरि विभिन्न ६ वटा विषयमा प्रस्तुती करण गरि छलफल गरिएको र यसलाई ७ वटा समूह विभाजन गरि सहभागीहरुले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्या लगायतका बारे गहन छलफल गरि सुझाव प्रदान गरेका छन् । 

सहभागीहरुले सरकार सञ्चालनमा विषयमा पनि कुराहरु उठाउनु भएको थियो । जसलाई कांग्रेसका तर्फबाट सरकारमा सहभागी उप प्रधान एवम शहरी विकास मन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले जवाफ दिएका थिए । 

सहभागीहरुले उठाएको सवालमा जवाफ दिदै परराष्ट्र मन्त्री आरजु राण देउवाले पार्टीलाई “आउट अफ फैशन” नसोच्न आग्रह गरिन । उनले रामायण र महाभारतको उदाहरण दिदै यी कथाहरु पूरानो नभए जस्तै नेपाली कांग्रेसले लिएको सोच पनि पूरानो नभएको उनले स्पष्ट परिन । “हामी भनेको हामी नै हौ, हामीले नेतृत्व गर्छौ र अगाडी बढाउछौं, हाम्रो पार्टी भित्रको कुराहरु हामीले नै सुधार गर्नुपर्छ ।” राणाले भनिन 

यसै गरि गृहमन्त्री रमेश लेखकले मुलुकमा दिगोश शान्तीको स्थापना, विकासको गति अगाडी बढाउदै सुशासन कायम गर्ने र आर्थिक समृद्धिका साथ अगाडी बढाउने उद्देश्यका साथ नेकपा एमाले र कांग्रेस लगायत अन्य दलको गठबन्धन बनेको बताए  । “यो एक विशिष्ठ अवश्था भएकोले यो सरकारलाई नेपाली कांग्रेसका तर्फबाट समस्या उत्पन्न भयो र हामी ठिक ठाउमा पुग्न सकेनौ भने यसको दोष नेपाली कांग्रेसले लिनुपर्छ ।” लेखकले भने “मुलुकमा अस्थिरता हुने दोष नेपाली कांग्रेसले बोक्नु पर्ने हुनाले ईमान्दारी पूर्वक गठबन्धनलाई साथ लिन जरुरी छ ।”

उनले व्यसायीक वातावरण निर्वाह गर्न र दैनिक नागरिकका सेवाहरुलाई सरल ढङ्गले सुचारु गर्नको लागि केही अध्यादेशहरु ल्याएको सहभागीहरुलाई जानकारी गराए । “मेरो प्राथमिकता भनेको अहिलेलाई सबै भन्दा पहिला कानुनी जटिलताको सुधार, मुलुकको आन्तरिक सुरक्षा र शान्तीको स्थितिलाई सुनिश्चित गर्नु हो ।” गृहमन्त्रीले भने “त्यस अर्थमा यता केही महिनामा नेपाल प्रहरी ऐन, शसस्त्र प्रहरी ऐन, नागरिकता सम्बन्धि विधेयक पेश भएको छ । यी विधेयकहरुलाई तत्काल संसदमा लैजाने हाम्रो प्रयास छ ।”

नेपाली कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गरेका उप प्रधान एवम शहरी विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेस मात्रको सरकार नभएको कारण हामीले भनेको सबै हुनैपर्छ भन्ने मासिकता नराख्न सहभागीहरुलाई आग्रह गरे । “कहि कांग्रेसले मान्नुपर्छ कहि एमालले मान्नु पर्छ, यसै गरि मिलाएर लैजानुपर्छ ।” सिंहले भने “फोनमा काम भनेर हुदैन भन्ने कुरामा म स्पष्ट छु, केही विकास निर्माणको काम भए सिधा मलाई या मेरो सचिवालयमा भेटेर राख्न सकिन्छ ।”

केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमलाई नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रिय समितिले व्यवस्थापन गरेको थियो । कार्यक्रममा वातावरणिय संरक्षणमा पनि योगदान गर्ने उद्देश्यले माला र खादाको प्रयोग गरिएको थिएन भने ब्याच वितरण पनि गरिएन ।


प्रतिक्रिया

Parbhansa yadav २० फाल्गुन २०८१, मङ्गलबार

Good work & excellent speech

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार