मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

एक जनाको शव भेटियो, दुई जना अझै वेपत्ता

Ujyalosandeshonline 12431+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

भैरहवा । रुपन्देहीको दानव नदीमा बेपत्ता तीन जना बालक मध्ये एक जनाको शव भेटिएको छ भने समाचार तयार पार्दा सम्म २ जना अझै बेपत्ता बालकको खोजी हुन सकेको छैन । १४ वर्षिय राजन यादवको शव डुबेका स्थान नजिकै फेला परेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए । 

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ सानो अर्दौलाका तीन जना बालकहरु एक जना अन्य साथी संगै गाउँ नजिकैको दानव खोलामा पौडी खेल्न गएका थिए । गाउँ नजिकैको बगहा बाबा मन्दिर नजिकै नुहाउने क्रममा तीन जना बालकहरु नदीको गहिरो भागमा पुगेको प्रत्यक्षदर्शी एक बालकको भनाइ रहेको त्यहाका वडा अध्यक्ष ईनामुल्ला फकिरले जानकारी दिए । “बालकहरु सुरुमा नुहाउने ठाउमा सामान्य २/३ फिट गहिरो रहेको छ । त्यस लगत्तै नदी २० देखि २५ फिट गहिरो भएको छ ।” उनले भने “बालकहरु गहिरो भागमा पुगेर बेपत्ता भएका हुन् ।”

मृत अवश्थामा भेटिएका बालक राजन यादवको मूल घर त्यही रहे पनि उनि बाबु आमा सहित रूपन्देहीकै सैनामैना बस्थे । अहिले शिक्षकको आन्दोलनको कारण विद्यालयहरु विदा रहेको हुदा उनि  दिन अघि मात्रै मूल घर आएका थिए । दुई दिन देखि भैरहवा तथा यस आसपास एक्कासी गर्मी बढेको छ । सोही क्रममा बालकहरु नदीमा नुहाउन गएको हुन सक्ने वडा अध्यक्ष फकिरले बताए । साँझ ६ बजे सम्म बेपत्ता बालकहरुको खोजी भईरहेको र उज्यालो हुदा सम्म खोजी कार्य गर्ने प्रहरी नायब उपरिक्षक सुरज कार्कीले बताए । 

बेपत्ता बालकहरुको खोजीमा नेपाल प्रहरी संगै शसस्त्र प्रहरी स्थानियहरु पनि खोजी कार्यमा लागेका छन् । रूपन्देहीमा दानव खोलामा डुबेर मंगलबार दिउसो तीन जना बालक बेपत्ता भएका थिए । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–२ अर्दौलामा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ बस्ने वर्ष १३ को उमेश यादव, वर्ष  १४ राजन यादव र  वर्ष १२ को मन्नु हरिजन बेपत्ता रहेकोमा १४ वर्षिय राजन यादवको शव भेटिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार