मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु : गगन थापा

Ujyalosandeshonline 12431+ समाचार ( )
२६ श्रावण २०८२, आइतबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिबाट सन्यास लिन्छौं भनेको दिन सबैभन्दा खुसी आफू हुने बताए । 

उनले भने,‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डले आजको दिनबाट नेपाली राजनीतिबाट हामी सन्यास लिन्छौं भनेर भन्नुभयो भने म सबैभन्दा खुसी मानिस हुन्थें । अवमूल्यन गरेर भनेको होइन एकदमै ठूलो सम्मान छ उहाँहरुप्रति । उहाँहरुले नेपालमा ठूलो योगदान गर्नुभएको छ । तर नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको छ ।’

त्यस्तै उनले नेपाली राजनीतिप्रति वितृष्णा पैदा भएको बताउँदै राजनीति फोहोर जमेको पोखरी जस्तो भएको टिप्पणी गरे । आफू युवा हुँदादेखि अहिले ५० वर्ष हुन लाग्दा समेत उही पूराना देशको सबैभन्दा ठूलो नेताका रुपमा रहेको भन्दै उनले आपत्ति जनाए । पार्टीमाथि पहिला नियन्त्रण गर्ने र पार्टीमार्फत नेपालको राजनीतिमाथिको नियन्त्रण गर्ने प्रवृत्ति बद्ल्नुपर्ने उनको भनाई छ । 

उनले भने,‘अहिले नेपाली राजनीतिप्रति वितृष्णा छ । यसको कारण भनेको नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएको छ । यस्तो लोकतन्त्रमा काँही हुँदैन । म युवा हुँदै गर्दा पनि देशको सबैभन्दा ठूलो नेता शेरबहादुर देउवा र केपी शर्मा ओली र प्रचण्ड नै । म अहिले ५० वर्ष हुन लाग्दा समेत उहाँहरु नै हुने कुरा लोकतन्त्रमा यस्तो हुँदैन् । पार्टीमाथि पहिला कन्ट्रोल र पार्टीमार्फत नेपालको राजनीतिमाथिको जुन नियन्त्रण छ । यो नबदलेसम्म हुँदैन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार