मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

विकासका समस्यामा योजना आयोगको निदान, सरकारलाई सहजीकरण गर्ने

Ujyalosandeshonline 11474+ समाचार ( )
१५ चैत्र २०८०, बिहीबार

काठमाडौं । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयका लागि राष्ट्रिय योजना आयोगले केही विशेष बुँदामा निर्देशन दिनुका साथै सहजीकरण गर्ने भएको छ । 

आयोगका सहसचिव प्रवक्ता यमलाल भुसालले बिहीबार राष्ट्रिय विकास समस्या समाधानको बैठकका निर्णयहरु सार्वजनिक गर्दै सवारी कर, सहकारीका समस्या, आधारभूत अस्पताल, कृषि बीमा र कर्मचारी व्यवस्थापनबारे सहजीकरण गर्ने बताएका हुन् । 

‘प्रदेशहरुको सवारी करमा एकरुपता नभएकाले त्यसलाई कसरी एकरुपता गर्न सकिन्छ भनेर विषयगत समितिले छलफल गरेर समाधान निकाल्ने भनेर एउटा निर्देशन भएको छ,’ उनले भने ।  

बचत तथा ऋण सहकारी संस्थाहरुमा पनि विभिन्न समस्या देखिएको उल्लेख गर्दै उनले समाधानका विषयमा पनि छलफल भएको जानकारी दिए । ‘कर्जा सूचना केन्द्रको स्थापना र व्यवस्थापन गरेर अगाडि बढ्ने की भन्ने कुरा पनि उठेको छ,’ उनले भने ।  

सरकारले अघि सारेको एक स्थानीय तहमा एक आधारभूत अस्पताल सञ्चालनको योजना अलपत्र छ । त्यसका लागि आर्थिक स्रोत सुनिश्चित गर्ने विषयमा छलफल भएको उनले बताए । ‘३ सय ९६ वटा आधारभूत अस्पतालहरुमा स्रोत सुनिश्चितता भएको र केही बाकी रहेको हुनाले त्यसलाई पनि स्रोत सुनिश्चित गरेर अगाडि बढ्ने भन्ने निर्देशन भएको छ,’ उनले भने । 

एकीकृत सामाजिक विकास ऐन तर्जुमा गरेर जान गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कानुन मन्त्रालय मिलेर काम गर्नुपर्ने ठहर भएको छ । एकीकृत सामाजिक विकास ऐनको मस्यौदा गर्नका लागि निर्देशन भएको जानकारी उनले दिए ।  

कृषि उत्पादन बढाउन बाली बीमा, प्रशोधन बीमा कार्यक्रम छन् । तर, सरकारी कार्यक्रम प्रभावकारी छैनन् । ‘त्यसलाई थप प्रभावकारी बनाउनका लागि दुई महिनाभित्र अध्ययन गरेर एउटा सुझावहरुसहित पेस गर्ने निर्देशन भएको छ,’ उनले भने । प्रदेशमा कर्मचारी व्यवस्थापनलाई थप सहजीकरण गर्न संघीय मामिला मन्त्रालयलाई निर्देशन भएको पनि उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार