मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

अर्घाखाँचीको सन्धिखर्कमा कर्फ्यू आदेश जारी

अनिल नेपाली 141+ समाचार ( )
२६ भाद्र २०८२, बिहीबार

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सन्धिखर्क नगरपालिका क्षेत्रभित्र आज बेलुका ८:०० बजेदेखि भोलि बिहान ६:०० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको सिफारिसमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम यो आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिएका छन् ।

यसअघि जारी निषेधाज्ञाको अवधि बेलुका ६:०० बजेसम्म रहेकामा अब थप कडाइ गर्दै कर्फ्यू लगाइएको हो। कर्फ्यूको अवधिमा सन्धिखर्क बजार क्षेत्रभित्र कसैलाई पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

कर्फ्यू क्षेत्रको चार किल्ला:

  • पूर्व: सन्धिखर्क नगरपालिका वडा नं.१ नेपाल प्रहरीको सञ्चार कार्यालय बाहुनडाँडा
  • पश्चिम: सन्धिखर्क नगरपालिका वडा नं.२ वडा कार्यालय अर्घाखाँची आवासीय मा.वि., जनज्योति मा.वि. हुँदै बिहार बजार
  • उत्तर: सन्धिखर्क नगरपालिका वडा नं.१ म्यालपोखरीसम्म
  • दक्षिण: सन्धिखर्क नगरपालिका वडा नं.७ फुदवाङ्ग बजार-गच्छे बजार-ढोरपाटन सडक हुँदै सन्धिखर्क नगरपालिका वडा नं.२ को वडा कार्यालयसम्म

अत्यावश्यक सेवामा सहजीकरण:

कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका साधनहरू जस्तै एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण गरिनेछ। अत्यावश्यक अवस्थामा सम्पर्कका लागि प्रमुख जिल्ला अधिकारी (९८५७००७७७७), सेनानी (९८५७०६६४७३), प्रहरी नायब उपरीक्षक (९८५७००५५५५), र सशस्त्र प्रहरी नायब उपरीक्षक (९८५१२७२५३८) का नम्बरहरू उपलब्ध गराइएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार