मुख्य समाचार
पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित |

सडक बन्दले बाजुराका स्याउ कृषकलाई ढुवानीमा समस्या

Ujyalosandeshonline 11000+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

बाजुरा । बाजुराका स्याउ कृषकलाई यो बर्ष पनि स्याउ ढुवानीमा समस्या भएको छ । मार्तडी–कोल्टी सडकखण्ड  अवरुद्ध भएको ३ महिनासम्म पनि सञ्चालन हुन नसक्दा यहाँका स्याउ कृषकलाई स्याउ बजारसम्म लिन समस्या भएको हो ।

मार्तडी कोल्टी सडक खण्ड ठाउँ–ठाउँमा पहिरोका कारण अवरुद्ध बनेपछि स्याउ ढुवानी गरि बजारसम्म पुर्याउन नसकिने स्थिति बनेको हो । स्याउ ढुवानीमा समस्या भए पछि यहाँका किसानलाई स्याउ बारीमै कुहिने चिन्ताले सताउन थालेको छ । पाकेकै समयमा सडक अवरुद्ध भएपछि अब स्याउ बारीमै कुहिने होकी भन्ने चिन्ता कृषकहरुमा छ ।

बारीमा लटरम्म फलेको स्याउ ढुवानी गर्न समस्या भएको बुढिनन्दा नगरपालिका– ९ पाण्डुसैनका स्याउ कृषक पुर रावतले बताए । ‘वर्षभरी मेहनत गरि लाभ लिने बेला स्याउ ढुवानीको चिन्ता थपिएको छ,पिठ्युँमा बोकेर मार्तडी बजारसम्म लैजाउ पनि निकै समस्या भईरहेको छ ,’उनले भने ।

बिगत ४ बर्षदेखि स्याउ अनुदानमा ढुवानी गरिँदै आएकोमा यो बर्ष पनि अबको २ हप्ता भित्रै कृषकका स्याउ बारीबाटै अनुदानमा ढुवानी गरिने ज्ञान केन्द्रले जनाएको छ । मार्तडी–कोल्टी सडकखण्ड खुल्न नसके पनि अर्काे विकल्पका साथ कर्णाली करिडोरबाट देशका ठुला शहरमा स्याउ बजारिकरण गरिने बताईएको छ । 

बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको पाण्डुसैन, जुकोट, जगन्नाथ लगायत क्षेत्रमा करिब १ सय ७० हेक्टर क्षेत्रफलमा हरेक वर्ष करिब १ हजार २० मेट्रिक टन स्याउ उत्पादन हुने गरेको छ । जिल्लामा ४१० हेक्टर जमिनमा स्याउ रोपिएकोमा दुई हेक्टर जमिनमा स्याउ फल्ने गरेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार