मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

कपिलधामको अवलोकनमा मुख्यमन्त्री आचार्य, चालू वर्षमा ४० लाख बजेट

Ujyalosandeshonline 12437+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कपिलवस्तुमा रहेको कपिल आरोग्य मन्दिर कपिलधामको अवलोकन गरेका छन् । महर्षी कपिलको पावन तपोभूमिको रुपमा रहेको बाणगंगा नगरपालिका–९ मा अवस्थित कपिल धामको आइतबार मुख्यमन्त्री आचार्यले अवलोकन गरेका हुन् । यो धामलाई प्रदेशको गौरवको आयोजनाको रुपमा अगाडि बढाउन सरकारले ध्यान दिने उनले प्रतिवद्धता व्यक्त गरे ।

कपिलधामले लुम्बिनी प्रदेशको धार्मिक, साँस्कृतिक, र पर्यटकीय महत्वलाई अझ उजागर गर्ने उनले विश्वास लिए । प्रदेश सरकारले पुरातात्विक र धार्मिक सम्पदाको संरक्षणका लागि विशेष योजना तयार गरी कार्यान्वयन गर्ने, प्रदेशका धरोहरहरूको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्ने गरी सरकारले काम गर्ने उनले बताए । ‘लुम्बिनी प्रदेशलाई धार्मिक पर्यटनको केन्द्र बनाउने गरी सरकारले योजना अघि बढाएको छ’मुख्यमन्त्री आचार्यले भने–‘सरकारले यो धामको विकासको लागि ४० लाख बजेट बिनियोजन गरेको छ । यस्ता पुरातात्विक सम्पदाको संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन गर्न ध्यान दिएका छौं ।’

महर्षि कपिलको पावन तपोभूमि, धार्मिक पौराणिक एवम् ऐतिहासिक स्थल कपिलधाम  स्थापना भएको थियो ।  यस क्षेत्रमा योग, ध्यान, सत्संग, जडिबुटी, गौशाला, गुरुकुलम्, प्राकृतिक चिकित्सालय, पुस्तकालय, साहित्य बाल उद्यान सञ्चालनको योजना छ । 

वैदिक संस्कृत विद्यापीठ गुरुकुलमको लागि शैक्षिक अनुदान, कक्षा कोठा भवन र छात्रावास भवन निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने माग राखिएको छ । धामका अध्यक्ष शंकर प्रसाद आचार्यले मुख्यमन्त्री आचार्यलाई मागपत्र समेत बुझाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार