मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

सन्जिवनी शिक्षा सदनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता

Ujyalosandeshonline 11086+ समाचार ( )
२२ मंगशिर २०८०, शुक्रबार

भैरहवा । सन्जिवनी शिक्षा सदन तिलोत्तमा-१५ मधवलिया, रुपन्देहीको आयोजनामा तिलोत्तमामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता जारी  छ । मंसिर २१ देखि सुरु भएको प्रतियोगिता २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।

प्रतियोगिता अन्तरगत १ सय मिटरको दौड छात्रतर्फ सृजल भण्डारी प्रथम, दिवस भुुसाल द्वितीय र प्रकाश थारु तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ दिव्या भुसाल प्रथम, सुमिना थापा द्वितीय र विनिता सुनार तृतीय भएका हुन् । त्यसै गरी बकेट बल प्रतियोगिता अन्तर्गत छात्रातर्फ जेसिका भुजेल प्रथम, दुर्गा चौधरी द्वितीय र जेनिसा गैरे तृतीय भएका छन् । सोही प्रतियोगितामा छात्रतर्फ आदित्य कुमाल प्रथम, नितेश चौधरी द्वितीय र प्रनब बस्याल तृतीय भएका छन् । युकेजी र  कक्षा १ तर्फ ५० मिटरको दौड प्रतियोगितामा छात्रतर्फ लाबान्स साह प्रथम, हिमान्सु भुसाल द्वितीय र सक्षम पाण्डे तृतीय भएका छन् । छात्रातर्फ रिया वि.के.प्रथम, दिव्यता भण्डारी द्वितीय र श्रेया गुरूङ तृतीय भएका छन् । 

बकेट बल एलकेजीमा छात्रातर्फ स्वस्तिका ठाकुर प्रथम, सब्नम खातुन द्वितीय र समीक्षा ढकाल तृतीय भएका छन् । छात्रतर्फ सुगम चौधरी प्रथम, अरूण परियार द्वितीय र आरूष परियार तृतीय भएका छन् । त्यस्तै प्लेग्रुप (पिजी) तर्फ अरूण सहानी प्रथम, रितश दिसुवा द्वितीय, सुवास पाण्डे तृतीय र युनिक थारू सान्त्वना भएका छन् ।

सन्जिवनी शिक्षा सदनका प्रधानध्यापक बसन्त पाण्डेले शिक्षासँगै खेलकुदमा विद्यार्थीहरूलाई सक्रिय बनाउनु आजको आवश्यकता रहेकोमा जोड दिए । उनले आगामी वर्षमा समेत यस्ता कार्यक्रमहरूको आयोजना गरीने बताए । प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागीता रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार