मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

खुवा व्यवसायबाट मासिक एक लाख रुपैंयाँ आम्दानी

Ujyalosandeshonline 11011+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

हेटौंडा । हेटौँडा–१७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक एक लाख रुपैंयाँ कमाउँदै आएका छन् । उनले यही पेसाबाट आत्मनिर्भर बन्दै आएका हुन् ।  उनको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ । दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठको चुच्चे खोलामा उत्तम खुवा घर सञ्चालनमा छ ।

खुवा व्यवसायमा लाग्नुअघि श्रेष्ठले लामो समयदेखि किराना पसल र तोरी मील सञ्चालन गर्दथे । गाउँघरमा उधारो धेरै हुने गरेकाले किराना पसलबाट खासै उपलब्धि हुन नसकेपछि श्रेष्ठ खुवा व्यवसायतर्फ लागेको उनले बताए । 

खुवाको हब बन्दै गएको सोही स्थानमा व्यवसाय सम्हाल्न पुगेका उनले आजभोलि दैनिक ३० किलो खुवा बिक्री गर्दै आएका छन् । उनको पसलमा खुवासँगै विभिन्न मिठाइका परिकार, केराको मःम, छोइला, पुष्टकारीहरु उत्पादनसँगै बिक्री हुनेगर्दछ । खुवा व्यवसायमा मनग्य आम्दानी देखेका श्रेष्ठले दूधको आपूर्तिका लागि किसानलाई भैँसी किन्न लगानी समेत गरेका छन् ।

उनले भने, ‘खुवाका लागि भैँसीको दूध आवश्यक पर्छ । सोहीअनुरूप किसानलाई दस लाख रुपैंयाँ लगानी गरिसकेको छु ।’ परम्पराभन्दा आधुनिकतातर्फ लम्किँदै व्यवसाय गर्नका लागि उनले सफा, सुग्घर र आकर्षित सजावट गर्दै व्यवसायलाई अगाडि बढाइरहेका छन् ।

खुवा पेसा सम्हालेदेखि उनले आफ्नो व्यवसायबाट ६ जनालाई रोजगारी दिएकोसमेत बताए । खुवासँगै खाजा नास्तालगायतबाट मासिक दस लाख रुपैंयाँको कारोबार हुने गरेको श्रेष्ठले बताए ।

मासिक दूध, खुवा पकाउने दाउरा खरिद, कर्मचारीलगायतमा मासिक साढे आठ लाख खर्च हुने पनि बताए । अरू पेसामा भन्दा खुवा पेसामा काम गर्दा सन्तुष्ट मिलेको उनको भनाइ छ । आफूसँगै परिवारको पनि सहयोग लिएर उनले खुवा व्यवसायलाई अझै बढाउने सोचमा रहेको बताए ।

खुवा बेचेरै मासिक रु एक लाख कमाउन सकिने भएपछि उनले पैसा कमाउन विदेशिने युवापुस्तालाई देशमै कमाउन सकिने उदाहरण प्रस्तुत गरेका छन् । उनको पसलबाट उत्पादित खुवा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवनलगायतका जिल्लामा निर्यात हुने बताए । कान्ति लोकपथ भएर हिँडने यात्री र खुवाका पारखीलाई आजभोलि उत्तमको खुवा पसलले आकर्षण गर्ने गरेको छ ।  खुवा व्यवसायबाट पनि आत्मनिर्भर बन्न सकिने राम्रो उदाहरण उनले प्रस्तुत गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार