मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

दुर्गम जिल्ला मुगुमा सिभिल इन्जिनियरिङ अध्यापन सुरू

Ujyalosandeshonline 11005+ समाचार ( )
१५ भाद्र २०८२, आइतबार

मुगु । हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका– १ स्थिति श्री महाकाली नमुना माध्यमिक विद्यालयमा आइतबारदेखि सिभिल इन्जिनियरिङ पठनपाठनको सुरुवात भएको छ । आईतबार एक औपचारिक कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले सिभिल इन्जिनियरिङको पठनपाठनको उद्घघाटन साथै शुभारम्भ गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहीले प्राविधिक धार सिभिल इन्जिनियर शिक्षाको आरम्भसँगै मुगुमा दक्ष जनशक्ति उत्पादन हुन सके यस जिल्लाको विकास निर्माणलगायतको कार्यमा उपयोगी हुने बताए । मन्त्री शाहीले युवालाई प्राविधिक शिक्षा दिन सकिएमा रोजगारीका अवसर सिर्जना हुने र विदेश पलायनमा समेत कमी आउने उल्लेख गरे । उनले यस धारबाट निस्कने विद्यार्थीले आफ्नै गाउँमा सडक, भवन, पुल तथा अन्य संरचना निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

पूर्वमन्त्री कर्णाली प्रदेश सभा सदस्य मंगल बहादुर शाहीले यो ऐतिहासिक कदमसँगै मुगुमा शिक्षाको गुणस्तर मात्र नभई आर्थिक, सामाजिक र भौतिक विकासमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीले मुगुमा प्राविधिक शिक्षाको आधार निर्माण भएको भन्दै यसलाई अझ प्रभावकारी बनाउन तीन तहका सरकारबीच सहकार्य आवश्यक भएको बताए ।

अबका दिनमा विद्यार्थीले अध्ययन गरेर सिधै व्यवहारमा ज्ञान उपयोग गर्न सक्ने उनको भनाई छ । त्यसैगरी छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले सिभिल इन्जिनियरिङ विषय सुरु हुनु नगरकै लागि गर्वको कुरा भएको बताए । उनले स्थानीय तहले सम्भव भएसम्म विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले अहिले पहिलो वर्ष ३० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको र यो आवश्यक अनुसार बढ्दै जाने बताए । उनका अनुसार आजका दिनसम्म प्राविधिक शिक्षाका लागि विद्यार्थीलाई राजधानी वा अन्य शहर धाउनुपर्ने बाध्यता थियो । अब भने घरमै बस्दै गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्न सकिने नगरप्रमुख भामले बताए ।

सिभिल इन्जिनियरिङ धार सुरु भएपछि मुगु जिल्लाका विद्यार्थीले राजधानी वा अन्य शहर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । यससँगै स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन हुने र जिल्लाका विकास निर्माणका काममा गति आउने विश्वास लिइएको नगरप्रमुख भामको भनाई छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र मल्लले विद्यालयमा नयाँ धार सुरु हुनुलाई ऐतिहासिक उपलब्धि भन्दै विद्यार्थीलाई अनुशासित, दक्ष र जिम्मेवार प्राविधिक जनशक्ति बनाउन विद्यालय प्रतिबद्ध रहेको बताए । उनले अभिभावक र सरोकारवालालाई यस धारलाई सफल बनाउन सहकार्य गर्न आग्रह गरे ।

महाकाली नमुना माध्यमिक विद्यालय गमगढी मुगुमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ विषय पठनपाठन सुरु गरिएको छ । पहिलो वर्ष ५५ जना भर्ना भएका छ्न् । दुर्गममा प्राविधिक धारको कक्षा सञ्चालन हुदा यहाका बिद्यार्थी लाई राहत पुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार