मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

कीर्ते गरी नक्कली कागजात बनाउने पक्राउ

Ujyalosandeshonline 12437+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

काठमाडौं । जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी काजी कुमार आचार्यलेकीर्ते गरी नक्कली कागजात बनाउने प्रतिवादी पक्राउ गरेको बताएका छन् । बिहीबार काठमाडांैमा  पत्रकार सम्मेलन गर्दै उनले जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ७ फुटुङ् स्थितमा विभिन्नं सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली बनाउने गरेको आरोपमा तीन जना प्रतिवादी पक्राउ गरेको बताएका हुन् । 

पक्राउपर्ने मध्येगोरखा भिमसेनथापा गाउँपालिका वडा नं. १ मसेल घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. २ देवीचोक बस्ने बर्ष ४६ को अन्जनी बयलकोटीसहित तीन जनालाई जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका  वडा नं. ७ फुटुङ्बाट  पक्राउ गरिएको  हो । अधिकारी आचार्यले विभिन्न कीर्ते गरी बनाइएका नक्कली कागजात तथा उक्त कार्यसंग सम्बन्धित सामाग्रीसहित पक्राउ गरी थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार