मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

शहीदको सपना र अठोटलाई शिरोधार्य गर्ने दिन : प्रधानमन्त्री दाहाल

Ujyalosandeshonline 12437+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आजको दिन सबैले शहीदको सपना र अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरु पूरा गर्न संकल्प गर्ने दिन भएको बताएका छन् । 

शहीद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले शहीद दिवसलाई आफूले महान् शहीदहरूको योगदानलाई सम्मान गर्दै उहाँहरूको योगदान र कृति चीरस्थायी तुल्याउन र शहीद परिवारको उच्च सम्मान, संरक्षण र जीवनवृत्तिका लागि समर्पित हुन प्रेरित हुने दिनकोरुपमा लिएको बताएका छन् । 

सरकारले शहीदहरूको सम्मान र परिवारको संरक्षण तथा अभिभावकत्वको पक्षलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनको दाबी छ । 

‘माघ १६ गते नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहिदहरूप्रति विशेष सम्मान र स्मरण गर्ने दिन हो । नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ,’ प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमार्फत् भनेका छन्, ‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।’

उनले शहीदहरूको बलिदानीहरूले मुलुकमा अहिलेसम्मका विभिन्न उपलब्धिहरू हासिल भएको भन्दै थप उपलब्धि प्राप्त गर्न अझै संघर्ष गर्नुपर्ने परिस्थिति रहेको बताए । 

‘लखन थापादेखि राणाकाल विरूद्धका चरणवद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेश आन्दोलन लगायतका आन्दोलन, आफ्नो पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण आन्दोलनको बलमा नै वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्था प्राप्त भएको हो,’ उनले भनेका छन्, ‘त्यसैले वर्तमानमा प्राप्त उपलब्धीहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै आजको सन्दर्भमा महान् शहिदहरूप्रति सच्चा श्रद्धाञ्जली गर्नु हुन जान्छ ।’

प्रधानमन्त्री दाहालले दिवसको सन्दर्भमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरुप्रति श्रद्धापूर्वक स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् भने बेपत्ता योद्धाहरुको उच्च सम्मानपूर्वक स्मरण गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार