मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सिद्धार्थनगरमा राजस्व भुक्तानी अब क्यूआरबाट

Ujyalosandeshonline 11005+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

भैरहवा । सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा क्यूआर कोड मार्फत राजस्व भुक्तानी गर्न सकिने भएको छ । राजस्व संकलनलाई ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नगरपालिकाको नीति अनुरुप कार्यालयले बिहीवार देखि क्यूआर कोड मार्फत राजस्वको भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो ।

कार्यालयले जारी गरेको सूचना अनुसार नगरापलिका कार्यालयको अन्र्तगत राजस्व प्रशासन शाखा, घरनक्सा शाखा र वडा कार्यालयहरुमा बुझाउनु पर्ने कर, शुल्क तथा दस्तुहरु क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिनेछ । ‘प्रविधिको युगमा सेवाग्राहीहरु समय खर्चिदै कार्यालयमा आएर राजस्व बुझाउनु त्यती उपयुक्त होइन’, सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले भने, ‘जसकारण यसै वर्षदेखि राजस्व संकलन ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नीति अनुरुप क्यूआर कोड मार्फत राजस्व भुक्तानीको सुरुवात गरिएको हो ।’

उनले नगरपालिका कार्यालयले नगरवासीको हितमा राम्रो योजनाहरु संचालन गरिरहेको र आगामी दिनहरुमा पनि गर्दै लैजाने बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नगद प्रवाहलाई सरल मितव्यापी, पारदर्शी तथा प्रभावकारी बनाएर वित्तीय जोखिम न्यूनिकरण गर्नका लागि र नगरपालिकाको नीति अनुरुप क्यूआर कोड मार्फत राजस्व भुक्तानीको सुरुवात गरिएको बताए ।

नगरपालिको कार्यालय र वडा कार्यालयमा रकम भुक्तानी गर्दा भुक्तानी गर्नुपर्नेमा रकम अनुसार प्राप्त हुने छुट्टाछुट्टै कारोबार संकेत नम्बरको क्यूआर कोडमा सोझै रकम भुक्तानी गर्नका लागि सिद्धार्थनगर नगरपालिकाको कार्यालयले आग्रह गरेको छ ।

आफ्नो कर्तव्य/दायित्व बिर्सिदै नगरपलिकाको कार्यालयसँग विकासका योजनाहरु खोज्ने अधिकांश नगरवासीहरु अझै पनि करको दायरामा आएर कर बुझाउन चाहँदैनन् । जुन आन्तरिक राजस्व कार्यालय भैरहवामा राजस्व बुझाउने नगरवासीको तथ्यांकले समेत पुष्टि हुन्छ । करको दायरामा आएर कर बुझाउनका लागि नगरपालिकाको कार्यालयले समय-समयमा घरदैलो गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार