मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल

रासस 695+ समाचार ( )
१ मंगशिर २०८२, सोमबार

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले एमाले कहिल्यै चुनावबाट नभाग्ने बताउनुभएको छ । उहाँले आफ्नो पार्टी सबैभन्दा बढी जनताको ‘म्यान्डेट’ मा विश्वास गर्ने दल भएको दाबी गर्नुभयो । 

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरको कार्यक्रममा महासचिव पोखरेलले फागुन २१ का लागि घोषित निर्वाचन गराउन सरकारको काम र क्रियाकलाप चुनाव केन्द्रित हुनुपर्ने तर त्यसो नदेखिएको बताउनुभयो । उहाँले देशले सामना गरिरहेको राजनीतिक सङ्कट समाधानको सबैभन्दा उचित उपाय संसद् पुनःस्थापना जिकिर गर्नुभयो ।  

महासचिव पोखरेलले निर्वाचनका लागि सरकारले राजनीतिक दलसँग पर्याप्त छलफल र संवाद गरेर राजनीतिक सहमतिको ‘म्यान्डेट’ सहित संविधान अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । “चुनावमा  महत्त्वपूर्ण भूमिका भएको प्रहरीको हतियार खोसिएका छन् । फरार कैदीबन्दी र लुटिएका हतियारका कारण समाज त्रसित छ, जसले गर्दा प्रहरी र नागरिकको मनोबल कमजोर छ”, उहाँले भन्नुभयो, “प्रहरी र नागरिक डरको मनोविज्ञानबाट बाहिर ननिस्कदासम्म चुनाव सम्भव कसरी हुन्छ ?”

देशलाई संवैधानिक बाटोमा हिँडाउनको लागि प्रतिनिधिसभा पुनःसंस्थापना, संविधान संशोधन गरेर युवाका माग सम्बोधन गरी ‘अर्ली’ चुनावमा जान सकिने महासचिव पोखरेलको धारणा थियो । भदौ २३–२४ का घटनालाई नियोजित षडयन्त्रको उपज भन्दै उहाँले त्यसको तथ्यगत छानबिन हुनुपर्नेमा जोड दिनुभयो । 

महासचिव पोखरेलले विचारका आधारमा मुलुक धुव्रीकृत नहुँदासम्म देशमा अस्थिरता रहिरहने बताउनुभयो । उहाँले आगामी महाधिवेशनले सहमतिकै आधारमा सक्षम नेतृत्व चयन गर्नेसमेत बताउनुभयो । “पार्टीको नीति र विचारका विषयमा दोस्रो विधान अधिवेशनले टुङ्गो लगाइसकेको छ । जेनजी प्रदर्शनका  विषयमा पनि केन्द्रीय समितिमा पर्याप्त छलफल भएर पार्टीले धारणा सार्वजनिक गरिसकेको छ । अब आगामी महाधिवेशनले सहमतिमै सर्वसम्मत नेतृत्व चयन गर्ने छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार