मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रौतहटमा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट

Ujyalosandeshonline 11005+ समाचार ( )
२० पौष २०८१, शनिबार

रौतहट । अवैध रुपमा उत्पादन हुँदै आएको घरेलु मदिरा तथा भट्टीहरु रौतहट प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका–५ मा रहेको तीनवटा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार शनिबार बिहान ७ बजे गएको प्रहरी टोलिले भट्टी नष्ट गर्नुका साथै उत्पादनमा प्रयोग भएका सामन बरामद गरेको छ ।

भट्टीबाट तयारी मदिरा ७ सय लिटर, कच्चा पदार्थ २ हजार ८ सय लिटर,मदिरा बनाउन प्रयोग हुने हण्डा चार थान डिक्चि ८ थान , स्टिलको बाल्टिन ३ थान, ग्यास सिलिन्डर ४ थान र चुल्हो  सहितका सामान बरामद गरिएको उनले जानकारी दिए ।

बरामद गरिएका मदिरा तथा कच्चा पदार्थ स्थानीयहरुको रोहवरमा नष्ट गरिएको उनको भनाइ छ  । यस कार्यमा संग्लनहरु भागेकाले खोजी भइरहेकोे उनले बताए । त्यस क्षेत्रमा अवैध रुपमा घरेलु मदिरा उत्पादन हुँदै आएको सूचनाका आधारमा  भट्टीहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्राय घरेलु मदिराका कारण गाँउ घरमा झैझगडाका घटना हुने गरेकाले मदिरा र भट्टीहरु नष्ट गर्ने अभियानमा प्रहरी सक्रिय भएको उल्लेख गरेको छ । घरेलु मदिराले समाजमा विकृति र आपराधिक घटना निम्त्याउन थालेपछि नियन्त्रणमा कडाइ गरिएको प्रहरीको भनाइ छ । गैरकानूनीरूपमा घरेलु मदिरा उत्पादन र बिक्री वितरण नगर्न रौतहट प्रहरीले अनुरोध गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार