मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कलैयाका चारवटा निजी अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ वैशाख २०८२, शनिबार

रौतहट । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले कलैयाका चारवटा निजी अस्पताललाई मापदण्ड पूरा नगरेको भन्दै बन्द गर्ने निर्देशन दिएका छन । बाराको कलैयामा शनिबार निजी अस्पताल अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले सो निर्देशन दिएका हुन् ।  

योगशिला अस्पताल प्रालि, सब मेट्रोसिटी हस्पिटल प्रालि,  राजकुमारी प्रालि क्लिनिक र कलैया हस्पिटल प्रालिलाई बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । कलैयामा रहेका निजी अस्पतालको शनिबार बिहानैदेखि मुख्यमन्त्री सिंह आफैंले अनुगमन गरी दर्ता भए÷ नभएको सेवा प्रवाह, व्यवस्थापन र गुणस्तरीयताको बारेमा जानकारी लिएका हुन् । 

योगशिला अस्पतालले १५ शय्याको भएपनि अप्रेसन समेत गर्ने गरेको पाइएको र उक्त कार्य गर्न नमिल्ने मुख्यमन्त्री सिंहले बताए ।मधेश प्रदेशमा रहेका १८० वटा निजी अस्पतालको मुख्यमन्त्री सिंहले अनुगमन गरिसकेको र  १३३ वटा मापदण्डविपरीत रहेको पाइएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार