मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

नेपाली महिला राष्ट्रिय टोली स्वदेश फर्कियो, के भन्छन् खेलाडी ?

Ujyalosandeshonline 11011+ समाचार ( )
२३ असार २०८२, सोमबार

काठमाडौं । एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएका छन् । शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि सोमबार टोली स्वदेश फर्किएका हुन् । 

सोही क्रममा राष्ट्रिय टोलीकी क्याप्टेन सावित्रा भण्डारी (साम्बा) ले माथिल्लो तहको टिमसँग खेलेको हिसाबमा समग्र नतिजा हेर्दा खेल सकारात्मक नै भएको बताएकी छन् । उनले खेलमा नेपाली टालीको प्रस्तुती देखेर सबैले सकारात्मक नै कुरा गरेको भन्दै यसले अझै प्रोत्साहित गरेको बताइन् ।  

उनले भनिन्, ‘समग्रमा नतिजा हेर्ने हो भने हामीभन्दा माथिल्लो तहको टिमसँग राम्रो नै खेलेको देखिन्छ । यसले सकारात्मक सन्देश दिएको छ । हामीले खेलेको देखेर सबैले सकारात्मक नै कुरा गर्नु भएको छ, यसले पनि हामी प्रोत्साहित छौ ।’

साथै, प्रतियोगिता नेपाली फुटबलको लागि एकदमै ठूलो अवसर रहेको भन्दै परिणाम दिन नसकेको कुराले सँधै सताइरहने पनि उनको भनाइ छ । उनले भनिन्, ‘यो खेल एकदमै ठूलो अवसर थियो । राम्रो खेलेका थियौं जस्तो लागेको थियो । तर राम्रो परिणाम दिन सकेनौ । यो कुराले सताइ रहन्छ ।’

२६ वर्षपछि एसियन कपमा पुग्ने लक्ष्यसहित उज्बेकिस्तान पुगेको टोली शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोलीसँग पराजित हुन पुगेको थियो । योसँगै उज्बेकिस्तानले अपराजित रहँदै २२ वर्षपछि एसियन कपमा स्थान बनायो । नेपालले भने एसियन कपसँगै ओलम्पिक र विश्वकपको मौकासमेत गुमाएको छ । नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार