मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

ठाडो उजुरी अब प्रहरीले नै लेखिदिने

Ujyalosandeshonline 12431+ समाचार ( )
२ फाल्गुन २०८१, शुक्रबार

रौतहट । ईलाका प्रहरी कार्यालय गरूडामा नागरिक सहायता कक्ष संचालन गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कार्यलय परिसरमा नै नागरिक सहायता कक्ष संचालनमा ल्याइएको हो । 

नागरिक सहायता कक्षबाट प्रहरीले सेवा प्रवाहको गुनासो , उजुरी वा निवेदन लगायतका सेवा पाउने ईलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी राजन कार्कीले बताए । उनका अनुसार घरायसी तथा सामान्य बादविवाद वा अन्य ठाडो उजुरी अब प्रहरीले नै लेखिदिने छ । 

यसअघि बाहिरबाट सानो ठाडो उजुरी लेखाएर ल्याउदा ५ सय रुपैयाँ सेवाग्राहिले तिर्नु पर्ने बाध्यता रहेको थियो । यसबाट असहाय, गरिब  र अशिक्षित नागरिकहरु बढी लाभवन्नित हुने उनले बताए । जिल्ला प्रहरी कार्यलय रौतहटका एसपी दिलिप घिमिरेले निर्देशन दिएपछि प्रहरीले विना शुल्क निवेदन लेख्न सुविधा मिलाएको हो । 

यस अघि जिल्ला प्रहरी कार्यलय  रौतहट,ईलाका प्रहरी कार्यालय चन्द्रपुर र हालै ईलाका प्रहरी कार्यालय गरूडाले यो सेवा सुरु गरेको छ । नागरिक सहायता कक्षमा आम नागरिकले आफ्नो गुनासो वा समस्य समेत टिपाउन सक्ने जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार