मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

ज्यान मारेको अभियोग लागेका दशरथ कुर्मी १९ बर्षपछि पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
१ जेठ २०८२, बुधवार

भैरहवा । कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक बगौली गाविस–५ हाल मर्चवारी गाउँपालिका–६, बगौली बस्ने ३५ वर्षीय दशरथ कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । २०६३ भदौ २८ गते रुपन्देहीको साविक सिलौटिया गाविस वडा नम्बर १ हाल मर्चवारी गाउँपालिका वडा नम्बर ४, महादेवाका ३५ वर्षीय पुजारी कुर्मीलाई घरबाटै नियन्त्रणमा लिइ हत्या गरी फरार भएको दशरथमाथि अभियोग छ ।

प्रहरीका अनुसार पुजारी कुर्मीको शव २०६३ भदौ ३१ गते दिउँसो स्थानीय धान खेतमा सडेगलेको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा यस घटनामा दशरथ लगायतका व्यक्तिहरुको संलग्नता देखिएको दावी प्रहरीले गरेको थियो । घटनाको लगत्तै दशरथ फरार थिए ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले गोप्य सूचनाको आधारमा प्रहरीले दशरथलाई भारतबाट नेपाल घरतर्फ आउँदै गर्दा आइतबार बाटोबाट इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले पक्राउ गरेको जानकारी दिए । रुपन्देही जिल्ला अदालतबाट पाँच दिन म्याद थप भइ थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार