मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

चाडपर्वका लागि विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन

Ujyalosandeshonline 12441+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

काठमाडौं । नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राईले प्रदेश प्रमुखहरुलाई चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मंगलबारे राईले भर्चुअल माध्यमद्वारा समसामयिक सुरक्षा संवेदनशीलताका विषयमा छलफल गर्दै चाडपर्वको क्रममा आपराधिक क्रियाकलापका घटना नहुन दिनका लागि प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए।उनले चाडपर्वमा अपराधिक क्रियाकलाप हुने भएकोले अपराधिक गतिविधिको सूचना सङ्कलन तथा विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताए ।

चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला पक्षहरूसँग समन्वय र सहकार्य गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै तस्करी नियन्त्रणको लागि थप सक्रियता बढाउन उनले निर्देशन दिए। नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी समेतले प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई अपराध नियन्त्रण एवं प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्य लगायत समसामयिक विषयमा निर्देशन दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार