मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

कोशी प्रदेश सरकार जनभावनाअनुसार काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

Ujyalosandeshonline 11009+ समाचार ( )
१५ मंगशिर २०८२, सोमबार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनताको अपेक्षा र आवश्यकता अनुरूप काम गर्न प्रदेश सरकार दृढताका साथ लागेको बताएका छन् । सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कवर्डहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सीमित स्रोत–साधनका बाबजुद जनचाहनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता दोहो¥याए ।

मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश र स्थानीय तहमा जनताका असंख्य आवश्यकता पूरा गर्ने दबाब छ, तर बजेट अभावका कारण धेरै योजना अघि बढ्न नसकेको चुनौती छ । ‘थोरै बजेटमा धेरै काम गर्ने बाध्यताले कतिपय योजना अलपत्र परे। अब त्यसमा सुधार गर्दै प्राथमिकताका आधारमा बजेट विनियोजन हुनेछ ।’ उनले भने ।

२०७५ सालमा पहिलोपटक ४६ अर्बको प्रदेश बजेट बनेको स्मरण गर्दै हाल बजेट ३६ अर्बमा झरेको परिस्थितिले अपेक्षित काम गर्न कठिनाइ बढेको उल्लेख गरे । जनताको आवश्यकता, विशेषगरी पूर्वाधार र सडक निर्माणका माग तीव्ररूपमा बढ्दो अवस्थामा देशकै अर्थतन्त्र कमजोर भएकोले बजेटको आकार घटेको र त्यसको असर कामकारबाहीमा परेको उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार लगायतका क्षेत्रमा ‘कनिका छर्नेजस्तो’ बजेट वितरण गर्ने पुरानो अभ्यास अन्त्य गर्दै अब प्रदेश सरकारले स्पष्ट प्राथमिकताका आधारमा बजेट खर्च गर्ने बताए । ‘जनचाहना र जनभावनालाई सम्बोधन गर्दै काम हुनेवाला छ ।’ उनले जोड दिए ।

यसपटक उद्घाटन गरिएको सुन्दरपुर ब्याडमिन्टन कवर्डहल २०७६÷०७७ मा प्रदेश सरकारबाट ५ लाख र नगरपालिकाबाट १० लाख विनियोजन गरेर निर्माण थालिएको थियो । गत वर्ष चौदण्डीगढी नगरपालिकाले थप ३२ लाख ८५ हजार रुपैयाँ विनियोजन गरेपछि भवन सम्पन्न भएको हो । सोही कवर्डहलमा मंसिर २० गतेबाट सुरु हुने कोशी प्रदेशस्तरीय ‘उपमेयर कप’ ब्याडमिन्टन प्रतियोगिताको पनि सोमबारै मुख्यमन्त्री कार्कीले उद्घाटन गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार