मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

थाई एयर एसियाले फेरि भैरहवा विमानस्थलबाट व्यावसायिक उडान गर्ने

Ujyalosandeshonline 12431+ समाचार ( )
१४ असार २०८२, शनिबार

भैरहवा । बैंकक मुख्यालय भएको थाई एयर एशियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः व्यावसायिक उडान गर्ने भएको छ । केही समय अघि कम्पनीले भैरहवा विमानस्थल बाट उडान अनुमतिको माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा पेश गरेको निवेदन सहितको ‘विन्टर सेड्युल’ स्विकृत भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद सिंह राउतले जानकारी दिए ।

उनले थाई एयर एशियाले अगामी कार्तिक ९ गते देखि साताको दुई दिन आईतबार र बधुवार उडान गर्ने तालिका रहेको बताए । विमान कम्पनीले विगत जस्तै बैंकक–भैरहवा–बैंकक सिधा उडानको अनुमति पाएको छ । हाल विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान छैन । सरकारले अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई भैरहवाबाट सेवा प्रदान गर्दा विभिन्न सहुलियत दिने भएपनि उनीहरु उडानका लागि आएका छैनन् ।

नेपाल एयरलाईन्सले समेत यस विमानस्थललाई छाडेर काठमाडौं केन्द्रित मात्र सेवा प्रदान गर्दा सरकारको आलोचना हुँदै आएको छ । विगतमा भैरहवा विमानस्थलबाट नेपाल एयरलाईन्सका साथै कतार एयरवेज, फ्लाई दुबई, थाई एयर एशिया र जजिरा एयरवेजले उडान भरेका थिए । गत कार्तिक १८ गतेदेखि यस विमानस्थलबाट व्यावसायिक उडान थालेको कम्पनीले विभिन्न कारण देखाउँदै बीचमा उडान स्थागित गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार