मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

भैरहवामा मनाईयो अन्तराष्ट्रिय महिला दिवस

Ujyalosandeshonline 11005+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

भैरहवा । ११५ औं  अन्तराष्ट्रिय  दिवस भैरहवामा पनि बिभिन्न कार्यक्रम गरि शनिबार मनाईएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवाको देवकोटचोक देखि नगरपालिका परिसर सम्म प्रभातफेरी कार्यक्रममको आयोजना गरिएको थियो । 

नगरपालिका परिसरमा आयोजित मूल कार्यक्रममा बोल्ने वक्ताहरुले महिला अधिकारबारे बोलेर मात्र नभई यसलाई कार्यान्वयनमा ल्याउन आग्रह गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्वासे केसीले महिलाहरु माथी महिलाहरुले विभेद गरिरहेको हुनाले सुधार आफैबाट आवश्यक रहेको बताईन । कार्यक्रममा बोल्दै उनले भनिन् “अहिलको समयमा महिला दिदीबहिनीहरु पुरुषको हिंसाबाट पिडित छौं भनेर भन्न मिल्दैन, विभिन्न घटनाक्रम हेर्दा महिलाबाट महिला नै पिडित भएको पाइएको छ । यसको सुधार सबैभन्दा पहिला हामीबाटै सुरु गर्नुपर्छ पुरुषलाई मात्र दोष दिएर हुदैन ।”

उनले हिंसा भनेर बाहिर देखिने भौतिक रुपको हिंसा मात्र नभई मानसिक हिंसा अझै विकराल रहेको हुदा यसको निराकरणमा लाग्नुपर्ने जिकिर गरिन । नेपालमा मात्र नभई विश्वव्यापी रुपमा ८ मार्चलाई हर्षोउल्लासको रुपमा मनाउनु पर्ने उनको धारणा रहेको थियो ।

यसै गरि सिद्धार्थनगर नगरपालिकाको उप प्रमुख उमा अधिकारीले महिला अधिकार र कर्तव्य दुबै समान रुपमा लैजानुपर्ने बताईन । “हाम्रो अधिकार र महिला कर्तव्य एउटै सिक्काका दुई पाटा हुन, हामीले यी दुवैको ईमान्दारीपूर्वक निर्वाह गर्नुपर्छ ।” उनले भनिन् 

यस वर्षको “सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र शशक्तिकरण” भन्ने नारालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा वक्ताहरुले जोड दिए ।

कार्यक्रमका वक्ता नमूना एकिकृत विकास परिषदकी ज्ञानु पांडेल, ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालयकी शान्ती दिदी, नगर कार्यपालिका सदस्यहरु लगायतले बोल्दै आजको युगमा महिलालाई सक्षम र सबल बनाउनको लागि शहरमा मात्र नभएर ग्रामीण भेगमा भएका पिछडिएका महिलाहरूको सिर्जनात्मक प्रविधिमा पहुँच बढाउनुपर्ने कुरामो जोड दिभ । राज्यले प्रदान गर्ने सेवा प्रवाहलाई सशक्त बनाउँदै दूरदराजका महिलालाई मूलधारमा ल्याउनुपर्ने उनिहरूको भनाइ थियो । आगामी दिनमा बन्ने नीति महिलामैत्री हुनुपर्नेमा पनि उनिहरूको जोड थियो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँनको अध्यक्षता, शिक्षा अधिकृत जान्हवी पाण्डेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । अन्र्तराष्ट्रिय महिला दिवसकै अवसर पारेर नगरपालिकाले नगर सफाईकर्मिको रुपमा काम गर्ने महिला सरसफाईकर्मि र एक जना महिला ईरिक्सा चालकलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार