मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा, भारतसँग तेस्रो भिडन्त

Ujyalosandeshonline 12441+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

काठमाडौं । पाकिस्तान एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सुपर फोर चरणको खेलमा बंगलादेशलाई ११ रनले पराजित गर्दै पाकिस्तानले फाइनलमा भारतसँगको तेस्रो भिडन्त पक्का गरेको हो । पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनायो । जवाफमा बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो ल।

पाकिस्तानका लागि मोहम्मद हारिसले सर्वाधिक ३१ रन बनाए भने मोहम्मद नवाजले २५ रन जोडे । सलमान आघा र शाहीन अफ्रिदीले समान १९–१९ रन बनाएका थिए । फहीम अशरफ १४ रनमा अविजित रहे भने फखर जमानले १३ रन बनाए ।बलिङतर्फ बंगलादेशका तास्किन अहमदले सर्वाधिक ३ विकेट लिए । मेहदी हसन र रिशाद होसेनले २–२ विकेट लिँदा मुस्तफिजुर रहमानले १ विकेट लिए ।

लक्ष्य पछ्याउन उत्रिएको बंगलादेशको सुरुवात राम्रो भएन । शमिम होसेनले सर्वाधिक ३० रन बनाए । सेफ हसनले १८, नुरुल हसन सोहन र रिशाद होसेनले समान १६–१६ रन बनाए । अन्य ब्याटर उल्लेखनीय प्रदर्शन गर्न असफल रहे । अब पाकिस्तान फाइनलमा भारतसँग तेस्रो पटक भिड्नेछ । यसअघि भएका दुवै खेलमा भारत विजयी भएको थियो । तेस्रो भेटमा पाकिस्तानसँग उपाधि जित्दै बदला लिने अवसर रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार