मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सत्ता गठबन्धनले लेनदेन नराम्रो संकेत : महेश बस्नेत

Ujyalosandeshonline 12441+ समाचार ( )
३ माघ २०८०, बुधवार

काठमाडौं । एमाले नेता महेश बस्नेतले सत्ता पक्षका दलहरुले गठबन्धनलाई बलियो बनाएर राष्ट्रिय सभा सदस्यका लागि गरेको लेनदेन नेपाली राजनीतिका लागि राम्रो संकेत नभएको बताएका छन् । 

एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गर्न लागेको केपी ओली कप फुटबलको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनपछि उनले सञ्चारकर्मीसँग उनले राष्ट्रिय सभा निर्वाचनका विषयमा सत्ता गठबन्धनको व्यवहारप्रति तिक्तता पोखे । आफ्नो स्वार्थमा गठबन्धनलाई बलियो बनाएर लेनदेनको काम भएको भन्दै उनले राजनीतिमा राम्रो संकेत नभएको बताए । 

‘सत्ता पक्षका दलहरुले आफ्नो स्वार्थमा गठबन्धनलाई बलियो बनाएर जुन खालको लेनदेनको काम गरे त्यो राजनीतिमा राम्रो कुराको संकेत होइन,’ उनले भने, ‘प्रधानमन्त्रीले बोलाएको वार्तामा टीआरसी विधेयकलाई पीडितहरुको पक्षमा भन्दा पीडकहरुलाई संरक्षण गर्ने हिसाबमा ल्याउन खोजेको र राष्ट्रिय सभामा हामीलाई ६÷७ सिट दिएर टिसिआर विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोजेको र चर्चित काण्डहरुलाई पनि ठूला ठूला नेता विशेषगरि सत्ता पक्षका नेताहरुको नाम जोडिएका घटनामा एमालेले नरम दृष्टिकोण राख्दियोस् भन्ने खालका कुराहरु आएपछि हामीले राष्ट्रिय सभामा अनुचित सम्झौता नगर्ने भनेर १९ सिटमा एक्लै लड्ने निष्कर्षमा पुगेको हो ।’ 

यस्तै, उनले कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्षमा ल्याउन खोजेर विगतमा बामदेव गौतम र नारायणकाजी श्रेष्ठप्रति गरेको आफ्नै टिप्पणीलाई गलत तुल्याएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार