मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रुपन्देही प्रहरीद्धारा कपडासहितका साम्रगीहरु बरामद

Ujyalosandeshonline 12431+ समाचार ( )
७ कार्तिक २०८१, बुधवार

भैरहवा । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको कपडासहित विभिन्न साम्रगी बरामद गरेको छ। रुपन्देहीको इलाका प्रहरी कार्यालय सूर्यपुरा, इलाका प्रहरी कार्यालय छपिया र नगर प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँचका क्रममा ६ लाख ९० हजार मूल्य बराबरको कपडासहितका विभिन्न साम्रगी बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी लक्ष्मी खनालका अनुसार चेकजाँचका क्रममा साडी ७६ थान, कुर्ता सुरवाल ६० थान, कुर्ती ३० थान, सर्ट पाईन्टको कपडा ४ बण्डल, सुट आठ थान, चप्पल ७१ जोर, चिनी ६ बोरा र अन्य किराना सामान छन् ।

साथै, साम्रगी ढुवानीमा प्रयोग गरिएका लु २७ प ७२५१ र लु २७ प ६१२२ नम्बरको दुई वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद साम्रगी र मोटरसाइकल आवश्यक कार्यवाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार