मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

माधव नेपाल बिरामी, प्रधानमन्त्री दाहाल पुगे भेट्न

Ujyalosandeshonline 11086+ समाचार ( )
२१ फाल्गुन २०८०, सोमबार

काठमाडौं । बिरामी भएका एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न सोमबार साँझ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वरस्थित निवासमा पुगेका छन् । 

नेता नेपालको स्वास्थ्य अवस्था बुझ्न र स्वास्थ्यलाभको कामना गर्न दाहाल कोटेश्वरस्थित निवासमा पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल निवासमा दाहाल र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पुगेका हुन् ।

यद्यपि दाहालले सत्ता साझेदारीका लागि एमालेसँग बनाएको नयाँ गठबन्धनमा नेपाललाई पनि सामेल गराउन चाहिरहेको र फकाउन त्यहाँ पुगेको बुझिएको छ । 

उता तीन जना बिनाविभागीय मन्त्रीहरुको शपथ ग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायत छन् । एमाले माओवादी नयाँ गठबन्धन वामपन्थी एकताको प्रयास समेत भनिएकाले अध्यक्ष नेपाललाई पनि सँगै लैजानुपर्ने दाहालको मत छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार