मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |

जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट छैनन् : सांसद गौतम

Ujyalosandeshonline 11013+ समाचार ( )
५ जेठ २०८२, आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले अदालतले प्रतिवादीलाई जानकारी नदिइ मुद्दाको पेशी तोक्ने गरेको आरोप लगाएकी छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट नरहेको बताइन् । 

उनले भनिन्,‘सरकार र न्यायपालिका कतैबाट पनि जनता सन्तुष्ट छैनन् । यो सत्य हो । संसद र सरकार एक राजनीतिक परिवेशबाट उदाउने संस्थाहरु हुन् । पछिल्लो समय अदालतमा एउटा अनौठो दृश्य देखिन थालेको छ । अदालतले प्रतिवादीलाई जानकारी नदिइ मुद्दाको पेशी तोक्ने, सुनुवाई गर्ने अनि सुनुवाइ सकेपछि जानकारी रहेनछ, जानकारी भएपछि मुद्दा हेरौंला भन्ने गरेको पाइन्छ । जबरजस्ती ढगंमा जानकारी दिएर पेल्न खोजिएको जस्तो देखिएको छ । यसले न्यायपालिकालाई कहाँ पुर्याउँछ ? जटिल प्रश्न खडा भएको महसुस भएको छ ।

सुचना दिएर मात्रै पेशी राख्ने हो । सुनुवाई सुरु भइसकेपछि आफ्नो पक्षले के बोल्यो भन्नेकुरा थाहा पाउनुपर्छ नत्र आफ्नो तर्क कसरी राख्न सक्छ त ? यो त प्रकृति न्यायको घोर अपमान भयो । यसरी एक पक्षीय रुपमा अगाडि बढाइएका न्यायिक प्रक्रियाको वस्तुमाथि नै प्रहार हो यो । सुनुवाई निष्पक्ष हुनपर्छ । निष्पक्ष देखिने कोसिस गर्ने, निष्पक्ष हुन नखोज्ने अवस्था अदालतले सिर्जना गर्न नहुने हो ।’

त्यस्तै उनले पूर्वन्यायाधीशहरुको फोरमले न्यायपालिका कै शैलीमाथि प्रश्न उठाउनपर्ने बेला आएको पनि तर्क राखिन् । त्यस्तै सांसद गौतमले न्यायिक सम्पादन हुनुअघि नै न्यायिक गतिविधिको हत्या हुँदै गएको भन्दै त्यसको जागरुक प्रतिरोध गर्नुपर्ने बताइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार