मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति क्रिकेट सुरु, उद्घाटन खेलमा न्यु मुन विजयी

Ujyalosandeshonline 11005+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

भैरहवा । रुपन्देहीको भैरहवामा ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो । शुक्रबारको उद्घाटन खेलमा न्यु मुन एकेडेमीले सीबी पब्लिक हाई स्कूललाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको सीबी पब्लिकले निर्धारित २० ओभरको खेलमा १० ओभर ४ बलमा सबै विकेट गुमाउँदै ४१ रनको झिनो योगफल बनायो । उसका लागि कृष्ण यादवले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । उसका ५ खेलाडी शून्य रनमै आउट भए । सीबी पब्लिकलाई सस्तैमा रोक्न न्यु मुनका राजु नायक र शिव गुप्ताले ३–३ तथा आषिश यादव र विश्वास थापाले २–२ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको न्यु मुनले ६ ओभर २ बलमा ३ विकेटको नोक्सानीमा ४२ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा मिलन पौडेलले १३, चिरन्जीवी भण्डारीले ७ र आषिश यादवले ५ रन बनाए । बलिङमा सीबी पब्लिकका आयन आलमले २ र यासिर आलमले १ विकेट लिए । खेलमा राजु नायक प्लेयर अफ द म्याच भई ५ सय रुपैयाँ प्राप्त गरे ।

आफ्नो स्वर्गीय हजुरबुवा शेरबहादुर सेन्चुरीको स्मृतिमा पर्वत ज्वेलर्सका संचालक बिमल सेन्चुरीले विगत लामो समयदेखि प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएका छन् । प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागी छन् । प्रतियोगिताका विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले यस्ता खेलले योग्य र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने बताइन् । संघका कार्यबाहक अध्यक्ष धीरज क्षेत्री, संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव एवं संघका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले स्कूलस्तरको प्रतियोगिताले नै भोलिका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार