मुख्य समाचार
धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै |

कर प्रशासन पारदर्शी भए धेरै राजश्व उठाउन सकिन्छ : सभापति पौडेल

Ujyalosandeshonline 12440+ समाचार ( )
१५ श्रावण २०८१, मङ्गलबार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, कर तथा राजश्व समितिका सभापति अम्बिका प्रशाद पौडेलले अडिटरको भाषा कर प्रशासकले बुझ्न नसक्दा बेरुजुको बिकराल अवस्था आउन लागेको बताएका छन् ।

मंगलबार भक्तपुरमा आयोजित ‘करदाताका समस्या र सम्भावित समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष समेत रहेका सभापति पौडेलले कर प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउन सके धेरैभन्दा धेरै राजश्व उठाउन सकिने बताए ।

उनले भने, ‘कर प्रशासन सुधार हुनु आवश्यक छ । नेपालको कर प्रशासनले कर निर्धारण गर्ने ठाउँमा सुधार गर्नुपर्छ । अडिटरको भाषा कर प्रशासकले केही हदसम्म नबुझेको हो कि रु कर प्रशासनलाई साच्चिकै व्यवस्थित र पारदर्शी बनाइ धेरैभन्दा धेरै राजश्व उठाउने हो भने कर प्रशासनमा, कर निर्धारणमा, कर पुनरावलोकनमा कानून र दकर बुझेको चार्टर्ड एकाउन्टेन्ट चाहिन्छ । कर लिने र दिनेबीच सन्तुलन कायम हुन नसक्दा बेरुजुको बिकराल अवस्था आउन सक्ने देखिएको छ । कर प्रशासकले पनि अडिटरको भाषा नबुझ्दा झनै बिकराल अवस्था आउन सक्छ ।’

कर सम्बन्धी सरकारले बनाउने कानूनहरुमा भएका गल्तिहरुलाई सुधार गर्न फोरमहरुले दिएका सुझावहरुलाई कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले अघि भने, ‘कर सम्बन्धी बनेका कानूनहरुमा निश्चय पनि गल्ति हुन्छन् नै । तर ति गल्तिहरुलाई सुधार गर्नका लागि यस्तै फोरमहरुबाट दिएका सुझावहरुलाई कार्यान्वयन गर्नुपर्दछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै