मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

सिद्धार्थनगरमा अपाङ्गता स्वास्थ्य शिविर गरिदै

Ujyalosandeshonline 11474+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शारीरिक रुपमा अशक्तहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर हुने भएको छ ।

सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा फागुन १९ गते (शनिबार) शारीरिक रुपमा अशक्तहरुको लागि निःशुल्क स्वास्थय परिक्षण शिविर हुने भएको हो । उक्त शिविर भीम अस्पताल परिसरमा संचालन हुनेछ ।

सर्वसाधारणका हितका लागि नगर रहेका शारीरिक रुपमा अशक्तहरुको स्वास्थ्य परिक्षण शिविर संचालन गर्न लागिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बताए ।

‘शारीरिक रुपमा अशक्त भएपनि आर्थिक अभाव वा अन्य समस्याका कारण सर्वसाधारणले सहायता सामग्री वा परीक्षण समेत गराउन नसकेको अवस्था छ’ उनले भने, ‘यस शिविरले नगरवासी लाभान्वित हुने विश्वास लिएका छौँ ।’

१८ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर शिविर संचालन हुने भए पनि उक्त उमेर समुह भन्दा बढीका कोही सर्वसाधारण आएको अवस्थामा समेत सेवा प्रवाह गरिने नगरपालिकाको कार्यालयले जनाएको छ ।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले शिविरको क्रममा शारीरिक रुपमा अशक्त भएका व्यक्तिको स्वास्थ्य परीक्षणका साथै आवश्यकता अनुसार सहायता सामग्री समेत उपलब्ध गराउने बताइन् । उनका अनुसार उक्त शिविरमा कृत्रिम अंगको आवश्यक भएका व्यक्तिको नापजाँच गरिने र सो नाप अनुसार उनीहरुलाई शिविर पश्चात कृत्रिम अंग समेत उपलब्ध गराइनेछ ।

साथै, आवश्यकता अनुसार अपांग बाल अस्पताल तथा पुनस्थापन केन्द्रमा निकै न्यून शुल्कमा थप उपचारका लागि आवश्यक समन्वय समेत गरिने उपप्रमुख अधिकारीले जानकारी दिइन् ।

शारीरिक अपांगता व्यक्तिका साथै हाडजोर्नी सम्बन्धी समस्याका व्यक्तिहरुले पनि शिविरमा सेवा लिन सकिने उनले बताइन ।

‘चिसोयाममा वर्षौ अघिको हाडजोर्नी समस्याले पनि सर्वसाधारणहरु ग्रस्त हुन्छन्’ उनले भनिन्, ‘उक्त समस्यालाई पनि मध्यनजर गर्दै शिविरमा हाडजोर्नी सम्बन्धीका सेवा प्रवाह गरिनेछ ।’

पैतला भित्र फर्केको, अंगहरु एकआपसमा टाँसिएको, भाँचिएर बांगो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बांगो, वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पांग्रो खुस्किएको लगायत समस्या भएको व्यक्तिले शिविरमा सेवा लिन सकिने सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीले बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार