मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

तेह्रथुमको फेदापमा आगलागी, घटनास्थल पुग्दै सुरक्षाकर्मी

Ujyalosandeshonline 12431+ समाचार ( )
४ चैत्र २०८०, आइतबार

विराटनगर । तेह्रथुमको फेदाप गाउँपालिका–१, मयन्तापामा आगलागी भइरहेको छ । जंगलमा लागेको डढेलो फैलिएर बस्तीमा आइपुगेको अनुमान गरिएको छ । पछिल्लो जानकारीअनुसार दर्जनभन्दा बढी घर जलेर नष्ट भएका छन् ।

आगोले स्थानीयका घर, घरभित्रका धनमाल अनि केही चौपायाहरु समेत जलेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।घटनास्थलमा सदरमुकाम र आसपासका चौकीबाट प्रहरी तथा सेनाको टोली घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन । घटनास्थलमा पुगेर आगो निभाउने साथै स्थानीयको उद्धार गर्ने काम प्राथमिक रुपमा गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको जानकारी आएको छैन । यसअघि हिजो तेह्रथुमकै आठराई गाउँपालिका–१ संक्रान्तिबजार नजिकै गाउँमा आगलागी हुँदा चारवटा घर जलेका थिए । प्रहरीका अनुसार स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम, गोविन्द गौतमको घर र दुई वटा गोठ जलेका हुन् ।

शनिबार मोरङ, तेह्रथुम र भोजपुरमा आज भएका आगलागीको घटनामा स्थानीयका ३२ वटा घर जलेर नष्ट भएका थिए । मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ आज अपराह्न भएको आगलागीमा परी स्थानीय सन्थाल समुदायका २२ वटा घर जलेका थिए् ।

यस्तै, भोजपुरको भोजपुर नगरपालिका–१२ मालबाँसेमा आजै भएको आगलागीमा केही स्थानीयको घर जलेर नष्ट भएको छ । हिजो साँझ भोजपुरकै हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागी हुँदा एक बालिका र दुई बालकको मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार