मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11005+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी रहेको बताउनु भएको छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रादेशिक निर्देशक समितिको बैठकलाई मंगलबार राप्ती उपत्यका (देउखुरी) मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको सवलिकरण तथा प्रदेशलाई बलियो बनाउन कार्यक्रमहरूको उपलब्धि मापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भएको हो ।

उहाँले प्रदेश सरकार र स्थानीय सरकारबीच नवप्रवर्तनका क्षेत्रमा साझेदारी कार्यक्रम लागू भएको जानकारी दिँदै त्यस कार्यक्रमको उपलब्धि मापनमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनु भयो । `हरेक कामलाई उपलब्धिसँग जोड्न जरुरी छ । व्यापक दृष्टिकोणसहित योजनाहरू अघि बढाउनुपर्छ, जसले जनतालाई उपलब्धिसँग जोड्न सकोस्, नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकोस´मुख्यमन्त्री आचार्यले भन्नुभयो`प्रदेशको समग्र विकास र सन्तुलित योजनालाई कार्यान्वयन गर्न सरकार दृढ भएर अघि बढेको छ ।´

जनस्तरबाट आउने गुनासोको समयमै सम्बोधन, सूचना प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन जोड दिँदै मुख्यमन्त्री आचार्यले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । हामीले प्रवाह गर्ने सूचना प्रभावकारी हुन जरुरी छ । कसैले पनि थाहा पाएनौँ’ भन्ने अवस्था आउन दिनु हुँदैन´उहाँले भन्नुभयो यस काममा कर्मचारी साथिहरूले विशेष ध्यान दिन जरुरी छ ।´ सेवा प्रवाहसँग जोडिएका कार्यविधि र निर्देशिका संशोधन गरेर समय सापेक्ष बनाइने समेत मुख्यमन्त्री आचार्यले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार