एलिना आचार्य
भैरहवा । इनरव्हिल क्लब अफ लुम्बिनीको आयोजनामा चालक र सहचालकलाई ट्राफिक जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । साई ग्लोबल एकेडेमीमा आयोजना गरी स्कुल बसका चालक तथा सहचालकहरुका लागि ट्राफिक नियम सचेतना कार्यक्रम सिदार्थनगर नगरपालिकामा अवस्थित १५ स्कुल तथा मन्टेश्वरीका ६० जना चालक तथा सहचालकको सहभागीतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी साई ग्लोबल माध्यमिक विद्यालयका अध्यक्ष हरि थापाले पछिल्लो समय विद्यालय बस दुर्घटनाको जोखीम बढ्दै गरेको अवस्थामा क्लबले आयोजना गरेको कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा समेत साथ र सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै इनरव्यिल क्लब अफ लुम्बिनीका अध्यक्ष सृजना जोशीले पछिल्लो समय स्कुल बस हरु निकै दुर्घटना भएको खबर आइरहेको हुनाले यो कार्यक्रमको आवश्यकता महशुस गरी बढ्दो दुर्घटना न्युनिकरण गर्ने उदेश्यले राखेको यस कार्यक्रमको आयोजना गरीएको बताउँदै विद्यालयका सवारी चालकहरू विशेष जिम्मेवार बन्नुपर्ने कुरामा जोड दिइन।
संस्थाको बारेमा जानकारी प्रदान गर्दै बसमा लेखिएका आरक्षण सिट लेखिए अनुरुप अपाङ्ग सिटमा अपाङ्ग लाई नछाड्ने , महिला र जेष्ठ नागरिक लेखेको सिटमा उहाँहरुलाई सिट नछाड्ने गरेको पाइएको गुनासो गर्दै ट्राफिक प्रहरीले उक्त विषयमा ध्यान दिनुपर्ने कुरामा क्लबका संस्थापक अध्यक्ष ज्ञानु पौड्यालले जोड दिइन्।
उक्त कार्यक्रममा ट्राफिक नियमबारे प्रहरी वरिष्ठ नायव निरीक्षक देव बहादुर बिष्ट प्रशिक्षक रहेका थिए ।
अर्चना मल्लको संयोजनमा रहेको उक्त कार्यक्रममा क्लबका पुर्व अध्यक्ष सिता भट्टराई,साई ग्लोबल एकेडेमीका प्रबन्ध निर्देशक मोति पौडेल,साई ग्लोबल एकेडेमी का प्रधानाध्यापक कौशल राज गौतमको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सन्चालन क्लबका सचिब-कोपिला मरासिनीले गरेकी थिइन्।